थप १७९० जनामा कोरोना संक्रमण, २७९१ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १७९० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२४०७८ पुगेको छ ।
त्यस्तै मंगलबार थप २७९१ जना निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २०४८५८ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणाबाट मृत्यु हुनेको संख्या १३६१ पुगेको छ । क्वारेन्टाइनमा ६२७ जना रहेका छन् भने आइसोलेसनमा १७८५९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।