थप १९४५ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९४५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१६९६५ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ५३६४ जना निको भई डिस्चार्ज भएका छन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १९१००२ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १२९८ पुगेको छ । क्वारेन्टाइनमा ७५३ जना छन् भने आइसोलेसनमा २४६६५ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

  काठमाडौँ । सरकारले मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह

‘एसइई’मा धेरै सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन सकिँदैनः प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट उज्यालो युुगमा प्रवेश गरेकाले

‘तपाईलाई किन पदबाट नहटाउने’ भन्दै कुलमानलाई उर्जा मन्त्रालयको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । ऊर्जामन्त्री दीपपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि

सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसद ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई