थप १४७७ जनामा कोरोना संक्रमण, २७९८ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४७७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २,०९,७७६ पुगेको छ ।
त्यस्तै आइतबार थप २७९८ जना निको भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १,७३,४३० पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२२१ पुगेको छ । क्वारेन्टाइनमा १०२१ जना छन् भने आइसोलेसनमा ३५१२५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।