विश्वमाा तीन करोड १६ लाख कोरोना संक्रमणमुक्त,१ करोड बढी सक्रिय संक्रमित



काठमाडौँ । पछिल्लो समय कोरोना भाईरस संक्रमणको दर बढेसंगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ५२ हजार ४ सय भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ करोड २९ लाख ४४ हजार ६०३ पुगेको छ । संक्रमितमध्ये १ करोड १ लाख १९ हजार ३६८ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये ७७ हजार २ सय भन्दाबढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ४० हजार ५ सयभन्दा बढी निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड १६ लाख ७० हजार ३८६ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार ५९२ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ लाख ५४ हजार ८४९ पुगेको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म ८८ लाख २७ हजार ९ सय भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये ५७ लाख ४१ हजार ६ सय भन्दा बढी निको भएका छन् । यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ३० हजार ६८ जना रहेको छ ।

छिमेकी मुलुक भारतमा हालसम्म ७८ लाख ६३ हजार ८ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने एक लाख १८ हजार पाँच सय ६७ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ७० लाख ७५ हजारभन्दा बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५३ लाख ८१ हजार नाघेको छ भने १ लाख ५६ हजार ९ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ४८ लाख १७ हजार ८ सय भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ