नेपालमा थप ३,६३७ मा कोरोना संक्रमण,३,२१५ संक्रमणमुक्त



नेपालमा कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना संक्रमणमुक्त भएको बताएका हुन् । यो संगै कुल संक्रमणमुक्त हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ ।

बिहीबार ३ हजार ६ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएसंगै सङ्क्रमितको सङ्ख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ सय १२ पुगेको प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा १५ हजार दुई सय ५५ जनाको नमुना परीक्षण गरिएकोे छ । देशभर नेपालमा ४४ हजार ८ सय ७७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने ३ हजार ७ सय ५१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको

धर्मदर्शन र विज्ञानको दृष्टिकोणमा धार्मिक विश्वास

डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रका लक्षहरू मध्ये परमसत्यको खोज गर्नु र सत्यतत्थ्यहरूलाई स्थापित

आधारभूत अस्पताल निर्माण : घोषणा भयो, कार्यान्वयन भएन

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण भएको वर्षदिन

सेना पनि गुटगत राजनीतिमा लागेको भए यो देशको अस्तित्व रहन्थ्यो त ?

-प्रा डा तीर्थप्रसाद मिश्र नेपाल विविध विशेषतायुक्त गौरवमय गाथा भएको र आफ्नै विशेष