लोक सेवा आयोगका परीक्षामा सफल प्रतिस्पर्धी



लोक सेवा आयोगले नेपालको निजामती लगायतका विभिन्न क्षेत्रका परीक्षा लिई सफल उमेदवार छनौट गरी सिफारिस गर्ने काम गर्दछ । लोक सेवा आयोगको परीक्षाको हामी धेरै तयारीमा हुन सक्छौं । परीक्षादेखि डराउनु हुँदैन । जीवन नै परीक्षा हो । तर औपचारिक परीक्षा भने पछि सामन्यतया जो कोही पनि केही हदसम्म विचलित हुन सक्छ । किनभने यस्ता परीक्षाले सफल र असफल भनी निर्णय गरिदिन्छन् । असफलता कसैले पनि चाहँदैन। सबैको लक्ष्य सफलता हो । सफलता भाग्यले भन्दा नियमले हुन्छ। निश्चित दरवन्दी भएका परीक्षामा सबै सफल हुन पनि मिल्दैन । नेपालमा धेरै जसो छनौट परीक्षा लिखित परिक्षामा आधारित छन् । यस्ता परीक्षामा उत्कृष्ट लेखन हुने व्यक्ति नै सफल हुन्छन् । परीक्षा तयारी तथा लेखन सिप उत्कृष्ट बनाउन निश्चित नियमको पालना गर्नुपर्ने हुन्छ । यस लेखमा यी नियमहरुलाई तीन चरणमा उल्लेख गरिएको छ ।

मानसिक तयारी

सबैभन्दा पहिले आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ । लक्ष्य निर्धारण गर्दा आफ्नो क्षमतासमेतको ख्याल गर्नुपर्छ । क्षमता अनुभव तथा पूर्वअध्ययनमा आधारित पनि हुनसक्छ । आफ्नो शैक्षिक योग्यताको ख्याल गर्नुपर्छ । तयारी गर्ने र सफल हुने उत्कृष्ट अभिलाषा हुनुपर्छ । लोक सेवा आयोगको तयारी गरी निजामतीलगायतका सेवामा लाग्ने लक्ष्य नै हो वा खाली समय विताउन लोक सेवा आयोगको तयारीमा हुनुहुन्छ भन्ने कुरा उत्प्रेरणाको तहले निक्र्यौल गर्दछ । पढ्न योग्य वातावरण छनौट गर्नुपर्छ । यस अवस्थामा आफूसँग भएको समय, आफ्नो क्षमता तथा साधन स्रोतको अबमूल्यन गर्नु हुँदैन । न्यूनतम् आवश्यक पुस्तकहरु, स्रोत सामग्री, पत्रपत्रिका, स्टेशनरी सामग्री आदिको जोहो यस अवस्थामा गर्नुपर्छ । म सफल हुन्छु भन्ने सकरात्मक सोच हुनुपर्छ । भोलि के होला भन्ने दुविधा रहनु हुँदैन । अरुले भनेको होइन आफ्नैको भित्रि मनले नै तयारीमा लाग्न भनेको हो भने ढिला नगरी तयारीमा जुट्नुपर्छ । गहिरो निष्ठाकासाथ अध्ययन गर्ने व्यक्ति नै सफल हुन्छन् ।

तयारीको अवधि

यस अवधिमा सफल हुने उमेद्वारले लक्षसहितको समय तालिका निर्धारण गर्दछन् । निर्धारित समय तालिकाको परिपालना गर्दछन् । अनुशासन कायम गर्दछन् । आफ्नो पढाईमा नै मनोरञ्जन लिन्छन् । लक्ष्यमा पुग्न क्रियाशील हुन्छन् । महत्वपूर्ण कुरा त म सफल हुन्छु भन्ने सकरात्मक सोचको विकास हुन्छ । तयारीलाई मन वचन र कर्मले पढाई लेखाईमा निरन्तरता दिई प्रतिबिम्वित गर्दछन् । नियमित अध्ययन गर्ने बानीको विकास गर्छन् । समाचार सुन्ने, पत्रपत्रिका हेर्ने, साथीभाइसँग छलफल गर्ने, विभिन्न आयोग मन्त्रालयलगायतका वेबसाइट हेर्ने, आफ्नो विषयसँग सम्बन्धित र राम्रो लागेका कुराहरु टिपोट गर्दै जाने गर्दछन् ।

अध्ययन पहिलो चरणः विषयवस्तुको ज्ञानको क्षेत्र विस्तारको चरण

पहिलो चरणमा आफूले कुन परीक्षा दिने हो सो विषयको पाठ्यक्रम (Curriculum) लोक सेवा आयोगको धभदकष्तभ बाट प्राप्त गर्नुपर्छ। पाठ्यक्रम राम्रोसँग अध्ययन गरी आफू अनुकुल छ वा छैन ? आफ्नो क्षमताको क्षेत्रको हो वा होइन ? इच्छाको हो वा होइन ? निक्र्यौल गर्नुपर्छ । विषयवस्तुको ज्ञान (Content Knowledge)  को क्षेत्र बढाउन पर्ने हुन्छ । त्यसैले कुनै एउटा पुस्तक वा कुनै निश्चत स्रोत सामग्री मात्र अध्ययन नगरी प्राप्त स्रोतबाट राम्रो लागेका वाक्यांश वा वाक्य वा अनुच्छेद टिपोट गर्दै जानुपर्छ । पत्रपत्रिका लेखहरु अध्ययन गर्नुपर्छ । पाठ्यक्रम (Curriculum) हेरेर प्रत्येक शीर्षक अनुसार अध्ययन गर्दै जानुपर्छ । पाठ्यक्रमको सम्पूर्णताको (Holistic)अध्ययन गर्दछन् । अध्ययनलाई नियमित र निरन्तर लैजानुपर्छ ।

अध्ययन दोश्रो चरणः विषयवस्तुको ज्ञानको गहिराई विस्तारको चरण

यस चरणमा विज्ञ वा विद्वानहरु वा अग्रजहरुको सुझाव लिन सकिन्छ । स्वः अध्ययन नै सफलताको कडी हो । आफैं अध्ययन गर्नुपर्छ । सकिँदैन, अग्रजको संगत छैन लोक सेवा पढाउने भनी खोलिएका संस्थामा जानु नै छ भने यस्ता संस्थामा जाने वेला आएको हो । ती संस्थाहरुमा जाने नै हो भने अधिकतम् फाईदा लिन विषयवस्तुको ज्ञानको दायरा र गहिराई बढाउन अध्ययन गरेर मात्र जानुपर्छ । अध्ययन गर्दै जाँदा आफूलाई राम्रो लागेको स्रोत सामग्रीलाई आधार पुस्तक बनाई आफ्नो नोट गर्दै जान्छन् । नोट गर्दा तोकिएको पाठ्यांश अनुरुप शीर्षक उपशीर्षक अध्ययन गरी प्रत्येकको टिपोट गर्दछन् । आफ्नो नोटमा समसामयिक समाचार, पञ्चवर्षिय योजना, वार्षिक बजेट, आर्थिक सर्वेक्षण, सार्वजनिक संस्थानलगायतका प्रतिवेदनहरु समेत अध्ययन गरी तिनीहरूमा भएको तथ्य तथ्याङ्कसमेत टिपोट गर्दै जानुपर्छ । यस अवस्थामा संविधान, कानून, प्रतिवेदनहरु लगायतका Authentic Materials मा भएको तथ्य तथ्याङ्क नै सत्य मानी नोट बनाउँछन् ।

पत्रिकाका सम्पादकीय, लेख तथा रचनाका शब्द तथा वाक्यहरु गहन हुन्छन् । संविधान, योजना वा कानुका शब्दहरुले विशेष अर्थ राख्दछन् । त्यसैले प्राप्त स्रोतहरु अध्ययन गरी आफूलाई चाहिने र मन परेका शब्द वा वाक्य टिपोट गर्ने गर्दछन् । मन परेका लेख रचनाहरु पत्र पत्रिकाबाट काटी नोटमा नै सिलाएर राख्न सकिन्छ । लेखन सीप विकास गर्न परीक्षाको नमुना प्रश्नपत्रहरु वा पुराना प्रश्नहरुको हल गरी विशेषज्ञहरुलाई देखाउँदै नियमित पृष्ठपोषण लिई सो अनुरुप आफूलाई सुधार गर्दै जान्छन् ।

अध्ययन तेश्रो चरणः परीक्षाको तयारी चरण

यो चरणमा परीक्षार्थीले ज्ञानको विस्तार गर्नुभन्दा आफूसँग भएको ज्ञानलाई परीक्षामुखी बनाउन तिर लाग्छन् । परीक्षाको लागि तयारी गर्दा पाठ्यक्रमको गहन अध्ययन गरी अंकभारको आधारमा गहिराईमा पुगी अध्ययन गर्छन् । त्यसैले सफल व्यक्तिले प्रश्नको अंकभार अनुरुप परीक्षामा समय व्यवस्थापन गर्दछन् । यसको लागि आफ्नो परीक्षामुखी नोट तयार पार्दछन् । जसमा कुनै विषयको वारेमा भनेको के हो ? (अर्थ परिभाषा), फाईदा, वेफाईदा, कानून नीतिमा सोको व्यवस्था, चुनौति समस्या, सुधारको उपाय, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिवेश वा शीर्षक अनुसार त्यस्तै अन्य आयामहरुसमेतको पक्षबाट ख्याल गरी अध्ययन गर्दछन् । कुनै एउटा जानकारी भएर मात्र पुग्दैन, सो जानकारीका विविध आयामहरू केलाउँदै सूक्ष्म अध्ययनलाई जोड दिनु जरुरी छ । अध्ययन गर्दा सिद्धान्तसँगै व्यवहारक सूक्ष्म अध्ययन आवश्यक हुन्छ ।

संविधान, ऐन, नियम, आर्थिक सर्वेक्षण, बजेट, मौद्रिक नीति, सरकारका प्राथमिकता तथा विभिन्न अध्ययन प्रतिवेदनले लेखाईमा तथ्य तथा तथ्यांकको मिश्रण गर्न सहजता प्रदान गर्छ । उत्तर मौलिक हुन्छ । कुनै निश्चित किताबको जस्ताको तस्तै उत्तर अंक प्राप्त गर्ने प्राथमिकता क्षेत्रमा पर्दैन । त्यसैले यस्तो अध्ययन गर्दा नीति कानूनमा भएका व्यवस्था, तथ्य तथ्याङ्कसमेत राख्ने प्रयास गर्दछन् । पुराना प्रश्नहरु वा कुनै नमूना प्रश्नहरु तयार वा प्राप्त गरी परीक्षा नै मानी नियमित रुपमा तिनीहरुको हल गर्दछन् । आफूले लेखेको उत्तरहरु विशेषज्ञहरुबाट, विशेषज्ञ पाप्त नभएमा सँगै पढ्ने साथीहरुसँग देखाई छलफल गरी पृष्ठपोषण लिने गर्दछन्। साथीहरुले लेखेको उत्तरहरुसमेत हेरी अध्ययन गर्दै जान्छन्। यदी त्यस्तो कुनै मौका नभएमा लेखेको एक हप्ता वा पन्ध्र दिन पछि आफैंले हेरी गल्ती सुधार गर्दै जाने गर्दछन् ।

यस्तो प्रयासले परीक्षामा समयको व्यवस्थापन गर्न सकिन्छ । यसले परीक्षा केही होईन भन्ने आत्म विश्वास बढ्छ । परीक्षामा प्रश्नले मागेको विषयमा नै केन्द्रित भै उत्तर लेख्न सकिन्छ । प्रश्नले चाहेको उत्तरसहित सबै प्रश्न हल गर्न सकिन्छ । उत्तर हल गर्दा दुविधा हुने हुँदैन । एकै विषय दोहोरिदैन । विषयान्तर गर्न सजिलो हुन्छ । प्रश्नको उत्तरमा विषयबस्तु, सिर्जनशीलता र व्यवहारको ख्याल गरी उत्कृष्ट उत्तर तयार गर्न सकिन्छ । त्यसैले असल पढाई व्यवस्थापनले नै असल परीक्षा व्यस्थापन गर्न सकिन्छ । यसले नतिजालाई चाहेको अवस्थामा पुर्याउँछ ।
मेरो अध्ययन र अनुभवको प्रतिबिम्ब हो ।
निलकण्ठ ढकाल
इजलास अधिकृत
उच्च अदालत पाटन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसले भन्यो-प्रधानमन्त्री अँध्यारोमा हुनुहुन्छ, गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गरौं

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने छानबिन गर्न संसदीय समिति

सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने निर्दोष हुनुहुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी विवादमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने

कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौ । नेपाली कांग्रेसले उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ

अध्यागमन विभागको महानिर्देशमा कोषहरी निरौला

काठमाडौँ । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशमा कोषहरी निरौलालाई नियुक्त गरेको छ ।