थप २१२० जनामा कोरोना संक्रमण, २०४४ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप २१२० जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १००१, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ पुरुष र दुई महिला गरी थप आठ जनाको मृत्यु भएके छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।
पीसीआर विधिबाट थप १२,९७८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४,२७३ जना रहेका छन् । आइसोलेसनमा २१,३०२ जना सक्रिय संक्रमित रहेका छन् ।
शनिबार थप २०४४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ६२,७४० पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २१७ र भेन्टिलेटरमा ३१ जनाको उपचार भइरहेको छ ।