अधिकार, जनशक्ति र बजेटका अभावका कारण परिणाममुखी काम गर्न नसकेको विभिन्न आयोगका पदाधिकारीको गुनासो



काठमाडौं । विभिन्न आयोगका पदाधिकारीहरुले पर्याप्त अधिकार, जनशक्ति र बजेटका अभावका कारण परिणाममुखी काम गर्न नसकिएको गुनासो गरेका छन् । मंगलबार बसेको रष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनीहरुले आयोगले काम गर्न नसक्नुका पछाडि धेरै कारणहरु रहेका भन्दै सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गरेका हुन् ।

छलफलमा मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले १८ महिनामा १० पटक सचिव परिवर्तन भएको बताए । उनले पदाधिकारी बिहीन हुँदा पनि नियमावलीको काम सकिएको, आन्तरिक कार्यबिधि निर्माण गरिएको उल्लेख गरेका छन् । उनले कार्यक्रम गर्न पनि बजेट र पूर्वाधारको अभाव भएको गुनासो गरे ।

त्यस्तै समावेशी आयोगका कार्यबहाक अध्यक्ष विष्णुमाया ओझाले आफू लामो समय कार्यबाहक अध्यक्षको रुपमा भएको गुनासो गरिन् । बैठक बस्नुपर्दा पनि एक्लै बस्नुपर्ने र आफ्नो कुरा आफैले मात्र सुन्नुपर्ने अवस्था रहेको भन्दै उनले आयोगलाई पूर्णता दिन आग्रह गरिन् ।

त्यस्तै महिला आयोगकी सचिव शान्ता अधिकारी भट्टराईले आयोग पदाधिकारी बिहीन हुँदा कुनै नीतिगत निर्णय हुन नसकेको बताइन् । आफूले कार्यालय प्रमुखको हैसियतले मात्र काम गर्नुपरेको भन्दै उनले कुनै अधिकार नहुँदा सेवामूलक काम गर्न नसकिएको बताइन् ।

उनले हेल्प लाइन पनि बन्द हुने अवस्थामा पुगेको बताइन् । महिला आयोगमा लामो समयदेखि एक अध्यक्ष र चार सदस्य पद रिक्त छन् । त्यस्तै मधेशी आयोगमा सदस्य पद रिक्त छन् भने समावेशी आयोग कार्यबाहक अध्यक्षको भरमा चलिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर। बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको

मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका आधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका

एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली

नवलपरासी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण