रुसले नेपाललाई कोभिडविरुद्धको दुई करोड ५० लाख डोज भ्याक्सिन उपलव्ध गराउने



रुसले नेपाललाई कोभिडविरुद्धको २५ मिलियन(दुई करोड ५० लाख) डोज खोप उपलव्ध गराउने भएको छ । रुसको द रसियन डिरेक्ट इन्भेष्टमेन्ट फण्डले नेपालको प्रमुख औषधि वितरक ट्रिनिटी फर्मास्युटिकलमार्पत दुई करोड ५० लाख डोज खोप उपलव्ध गराउने भएको हो । ‘स्पुतनिक भी’ उपलव्ध गराउनेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको समाचार संस्था रोयटर्सले मंगलबार जनाएको छ ।

यो खोप नेपालका ९० प्रतिशत जनतालाई पुग्नेछ । त्यसैगरी रुसले भारतलाई एक सय मिलियन खोपको डोज दिने भएको छ । त्यसैगरी रुसले एसिया, मध्यपूर्व, ल्याटिन अमेरिका, युरोपलगायतका देशमा वितरणका लागि सम्झौता गरिसकेको छ । मेक्सिकोसँग ३२ मिलियन डोज, ब्राजिलसँग ५० मिलियिन डोज, उज्वेकिस्तानलाई ३५ मिलियन डोज उपलव्ध गराउने सहमति रुसले गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई सय नाघ्यो

तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई

सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर। बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको

डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने

डेनमार्कले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्ने योजना बनाएको स्वास्थ्य