थप १५१३ जनामा कोरोना संक्रमण, ७३१ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५१३ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ७४७, भक्तपुरमा ७३ र ललितपुरमा ११४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन महिला र सात पुरुष गरी थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।

पीसीआर विधिबाट थप १०,८९१ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ५,७७८ जना रहेका छन् । आइसोलेसनमा २०,३९६ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार थप ७३१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५५,३७१ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २१३ र भेन्टिलेटरमा ३४ जनाको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैनः अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने

टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप

३९ जिल्लाका एक सय ६५ स्थानमा डढेलो, तत्काल डढेलो नियन्त्रण हुने किसिमको वर्षाको सम्भावना कम

  प्रगति ढकाल, काठमाडौँ ।  देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ

२८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता आफ्नै कीर्तिमान तोड्ने तरखरमा

सिबी अधिकारी, काठमाडौँ  ।सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा