‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ भन्दै माइतीघरमा प्रदर्शन



काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार माइटीघरमा डा केसीको समर्थनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शनकारीले नाराबाजी गरेपछि प्रहरीले केही युवालाई नियन्त्रणमा लिएको हो ।

प्रदर्शनकारी ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लेखिएको ओलीको तस्बिर अंकित पोस्टरसहित विरोध गर्न माइतीघर पुगेका थिए ।

डा. गोविन्द केसीको समर्थनमा युवाहहरू ’हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डाक्टर केसीको साथमा’, ’दूरदराजमा मेडिकल शिक्षा खै ?’ लगायतका विभिन्न नारा लेखेका प्लेकार्डसहित प्रस्तुत भएका थिए । डा. केसीका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन गरेको उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीमा उच्च गतिको विद्युत् प्रवाहले ६० घरमा क्षति, ५ जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार उच्च गतिको विद्युत प्रवाह हुँदा ६०

इलाममा सुहाङको आठ हजार नाघ्दा घण्टीको १३ सय मत

फिक्कल (इलाम) । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा

इलाममा दुई हजार मतान्तरले सुहाङको अग्रता

इलाम । इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले दुई

बझाङमा कांग्रेस उम्मेदवार सिंह २ सय ४९ मतले अगाडि

चैनपुर (बझाङ) । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा मतगणना जारी