कोभिडको खोप आउनु अगावै २० लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी



विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसविरुद्ध खोप प्रभावकारी रूपमा प्रयोगमा आउनुअघि विश्वभरि कोभिड १९ सँग सम्बन्धि कारणले ज्यान गुमाउने मानिसको सङ्ख्या २० लाख नाघ्न सक्ने चेतावनी दिएको छ ।

डब्ल्यूएचओका आपत्कालीन मामिलाका प्रमुख डा. माइक रायनले अन्तर्राष्ट्रिय सहकार्य नभएमा मृतकको सङ्ख्या अझ बढी हुनसक्ने बताएका छन् । गत वर्षको अन्त्यमा चीनमा कोभिड १९ देखा परेयता यस रोगबाट अहिलेसम्म ज्यान गुमाउने मानिसहरूको सङ्ख्या १० लाख पुग्न लागेको छ ।

सङ्क्रमितहरू बढ्ने क्रम जारी रहँदा अहिलेसम्म विश्वभरि तीन करोड २० लाखभन्दा बढी मानिसमा यो भाइरसले सङ्क्रमण गरेको पुष्टि भएको छ । हिउँद आउन लाग्दा उत्तरी गोलद्र्धका थुप्रै देशमा सङ्क्रमणको दोस्रो लहर सुरु हुन लागेको देखिन्छ । माइक रायनका अनुसार अहिलेको गति कायम रहने अवस्थामा खोप तयार हुनुअगाडि नै थप १० लाख मानिसको मृत्यु हुने उच्च सम्भावना छ ।

उनले यस रोगको उपचार पद्धतिमा सुधार आइरहँदा मृत्युदर भने घटिरहेको बताए । तर उनले सुधार गरिएको उपचार पद्धति र प्रभावकारी खोप मात्रै पनि २० लाखको सीमा रोक्न पर्याप्त नहुने बताए । माइक रायनले सरकारहरूलाई कोभिड १९ नियन्त्रण गर्न आवश्यक हरेक उपाय अपनाउन आग्रह गरेका छन् ।

केही दिनयता युरोपमा फेरि ठूलो सङ्ख्यामा देखिने क्रम सुरु भएको छ । त्यसले गर्दा पहिलो लहर उत्कर्षमा रहेका बेला लगाइए झैँ देशव्यापी लकडाउन हुनसक्ने चेतावनी दिइएको छ । युरोपको अवस्थाबारे डा. रायनले समग्रमा उक्त विशाल क्षेत्रमा हामीले यस रोगको चिन्ताजनक वृद्धि देखिरहेको बताए ।

उनले युरोपेलीहरूले लकडाउन लगाउने अवस्था छल्नका लागि के पर्याप्त कामहरू गरिएको छ त भनेर आफैँलाई प्रश्न गर्न आग्रह गरे । परीक्षण र सङ्क्रमितको संसर्गमा आएका व्यक्तिको पहिचान, क्वारन्टीन र सामाजिक दूरीको कायम गर्ने जस्ता विकल्पहरू लागु भए नभएको समेत मूल्याङ्कन गर्न आग्रह गरे । डब्ल्यूएचओ मुख्यालय जिनिभामा बोल्दै उनले लकडाउन भनेका अन्तिम विकल्प हुन् ।

अहिलेसम्म अमेरिका, भारत र ब्रजिलमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ । यी तीन देशको कुल सङ्क्रमितको सङ्ख्या मात्र डेढ करोडभन्दा माथि छ । विश्वभर कोभिड १९ बाट ज्यान गुमाउनेको सङ्ख्या दश लाख नजिक पुगेको छ । अमेरिकाका अग्रणी सङ्क्रामक रोग विज्ञ एन्थनी फाउचीले आफ्नो देशमा अहिलेसम्म सङ्क्रमणको पहिलो लहर नै अन्त्य नभएको बताए ।

उनले दोस्रो लहरको कुरा गर्नुभन्दा किन हामीले हिउँद वा शरद्का लागि तयार हुने कुरा नगर्ने? भन्दै प्रश्न गरे । अमेरिकामा अहिलेसम्म यो भाइरसबाट ७० लाखभन्दा बढी सङ्क्रमित भएका छन्। कोरोनाभाइरस सङ्क्रमणसँग सम्बन्धित कारणले दुई लाख जनाभन्दा बढीको मृत्यु भएको छ । त्यसपछि रहेको भारतमा ५८ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । त्यहाँ ९२ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही