प्रधानमन्त्रीको निर्देशनमा सीमासम्बन्धी पुस्तक बितरणमा रोक



काठमाडौं । शिक्षामन्त्री गिरीराजमणी पोखरेलले प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार पाठ्यपुस्तक बितरण रोकिएको जानकारी दिएका छन् । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले मन्त्रिपरिषद् बैठकमा नै प्रधानमन्त्री ओलीले पाठ्यपुस्तक बितरण रोक्न निर्देशन दिनुभएको जानकारी दिए ।

यससम्बन्धमा शिक्षामन्त्री, परराष्ट्रमन्त्री र भूमिसुधारमन्त्रीबीच छलफल गरेर रिपोर्ट बुझाउन पनि प्रधानमन्त्रीले निर्देशन दिनुभएको उनले बताए । यस बिषयमा चाँडै प्रधानमन्त्री ओलीसंग छलफल हुने र निष्कर्षमा पुगिने उनले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सीमासम्बन्धी पुस्तक प्रकाशित गर्दा दुई देशको कूटनीतिक मर्यादालाई ख्याल गर्नुपर्ने भएकाले अहिले प्रकाशित भएको पुस्तक वितरण नगर्न निर्देशन दिएका कारण पुस्तक वितरण नभएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्दै एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हासिल

पुथा उत्तरगंगामा कांग्रेस-एमाले गठबन्धनलाई पराजित गर्दै माओवादीकी नरपुरा बुढा निर्वाचित

रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की नरपुरा बुढा निर्वाचित

एक सातामा धरहराबाट करिब १५ लाख राजस्व सङ्कलन

काठमाडौँ ।  विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक

आफ्ना सांसद गोमा लाभलाई कारबाही नगरेको भन्दै जनमतले माग्यो सभामुखको राजीनामा

काठमाडौं । जनमत पार्टीले सभामुख देवराज घिमिरेको राजीनामा मागेको छ । समानुपातिक सांसद