राजनीतिमा हिजो र आजका बीचका कति फरक छ र ?



विष्णु रिजाल ।

महाभारत पौरणाणिक ग्रन्थ भएर पनि त्यहाँ उल्लिखित कतिपय प्रसंगहरु आज र अहिलेकै जस्ता ताजा र सान्दर्भिक लाग्छन्ः
आचार्य द्रोण अर्थात् द्रोणाचार्य र पाञ्चालका देशका राजकुमार द्रुपद सानोमा साथी थिए र सँगै बसे–खेलेर हुर्केका थिए । कुरैकुरामा द्रुपद भन्थे, ‘म राजा भएँ भने तिमीलाई मेरो आधा राज्य नै दिन्छु ।‘

समयक्रममा राजकुमार द्रुपद पाञ्चालका राजा भए । बाल्यकालको साथी राजा भएको सुनेर गरिब ब्राह्मण द्रोणाचार्य केही सहयोग मिल्ला कि भनेर साथीकै रुपमा उनलाई भेट्न गए । राजा द्रुपदले एउटा सामान्य ब्राह्मणले साथीको व्यवहार गरेको चित्त बुझेन र भने, ‘…सिंहासनमा बसेको एउटा राजासँग एउटा दरिद्र प्रजाको मित्रता कहिले भएको छ ? …दरिद्रको धनीसँग, मूर्खका विद्वानसँग र डरपोकको वीरसँग कसरी मित्रता हुन सक्छ ? मित्र त बराबरी हैसियत भएको व्यक्तिबीच मात्रै हुन सक्छ ।‘

कथा लामो छ– द्रोणाचार्यले बदला लिएको, द्रुपदले लडाइँ हारेको, तपस्या गरेर जन्मिएको छोरा धृष्टद्युम्नबाट द्रोणाचार्यको मृत्यु भएको ।
तर, मैले सम्झेको कुरा– राजनीतिमा हिजो र आजका बीचका कति फरक छ र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओलीद्वारा फागुपूर्णिमाको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

–सुवास दर्नाल सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु

पाकिस्तानमा रेल अपहरणः तीन सयको उद्दार

बीबीसी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरू कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक

रङहरूको पर्व होली आज

काठमाडौं । होली पर्व रंगहरुको पर्व हो । हिन्दू धर्म अनुसार यो पर्व