मलाई प्राधिकरणमा निरन्तरता दिन माग गर्दै प्रदर्शन नगरिदिनुहोलाः कुलमान घिसिङ



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सबैलाई आग्रह गरेका छन् । शनिबार विज्ञप्ति जारी गरी घिसिङले आफ्नो पक्षमा हुँदै आएको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको बेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’ कुलमानलाई प्राधिकरणमा पुनःनियुक्तिको माग गर्दै काठमाडौंलगायत देशका बिभिन्न स्थानमा प्रदर्शन हुँदै आएका छन् ।

कुलमानले जारी गरेको विज्ञप्ति

नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनः नियुक्तिको माग गर्दै केही दिनदेखि संघिय राजधानी काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउमा भैरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएकोे छ ।

नेपाल सरकारले मलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु ।प्राधिकरणको कार्यकारी निर्देशको नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवॅ स्वाभाविक प्रकृया भएकोेले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ ।प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नै सम्पूर्ण अधिकार नेपाल सरकार मा निहित भएकाले यस बिषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।

विश्वब्यापि रूपमा फैलीएकोे कोभिद -19 का कारण नेपालमा पनि अत्रान्ता भएकोे बेला मलाई प्राधिकरण को कार्यकारि निर्देशक मा निरन्तरता दिनु पर्ने भन्ने माग राखी माहामारि संवेदनशील अबस्था मा सडक मा भिडभाड गरी प्रर्दशन नगरी दिनु हुन सबै लाई हार्दिक अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर। बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको

मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका आधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित

एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एकसय रुपैयाँको नोटमा नेपालको नक्साको तस्बिर परिवर्तन गर्ने भएको छ