प्रचण्डको अध्यक्षतामा नेकपाको स्थायी कमिटी बैठक



काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको प्रस्तावमाथि छलफल भइरहेको छ । बैठक सुरु भएको केहीबेरमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकबाट निस्किएका थिए ।

अर्का अध्यक्ष प्रचण्डलाई बैठक चलाउने जिम्मा दिएर ओली निस्किएका सहभागी एक नेताले जानकारी दिए । विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदनलाई भदौ १८ को सचिवालय बैठकले त्यहाँ व्यक्त नेताहरूका विचारसमेत समेटेर दुई अध्यक्षलाई सहमतिको प्रस्ताव तयार गर्न जिम्मा दिएको थियो । उक्त प्रस्ताव दुई दिनअघि नै स्थायी कमिटी सदस्यहरुलाई अध्ययनको लागि पठाएको थियो । बैठक शुक्रबार नै टुंग्याउने सम्भावना रहेको बताइएको छ ।

असार १४ को प्रधानमन्त्रीको अभिव्यक्तिपछि असार १६ को स्थायी कमिटी बैठक बहुमत सदस्यले ओलीको राजीनामा मागेपछि विवाद चर्किएको थियो । असार १८ मा बालुवाटारमै स्थायी कमिटी बैठक बसिरहेका बेला प्रधानमन्त्री ओलीले संसद् अधिवेशन अन्त्यको सिफारिस गरिदिएपछि बैठक प्रभावित भएको थियो । त्यसयता पटक पटक मिति तोकिएपनि बैठक बस्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धादिङमा पहिरोले पुरिएका बसमा १४ जनाको शव फेला

धादिङ । धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका दुई वटा बसबाट १४ शव निकालिएको छ

२२ वर्षपछि उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’ २४ घण्टामा ३२३ मिलिमिटर वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार वर्षकै सर्वाधिक वर्षा भएको छ । यहाँ शनिबार

तीन दिन विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई सरकारको आग्रह

काठमाडौं । सरकारले आइतबारदेखि तीन दिनसम्म विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको

बाढीपहिरोमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई सरकारको निर्देशन

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र