राष्ट्रसेवक कर्मचारीका सम्बन्धमा ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा



शारदाप्रसाद त्रिताल ।

राष्ट्र सेवक कर्मचारीका सम्बन्धमा ध्यान दिनुपर्ने महत्वपूर्ण २ कुराहरु !
राष्ट्र सेवक कर्मचारीका सम्बन्धमा तलका २ कुरामा ध्यान दियो भने अरु कुराहरु स्वत: सुधारिन्छन्-

.क्षमताको विकास र सही उपयोग- यो कार्य सरकार वा सम्बन्धित संस्थाले गर्ने हो । यसका लागि सरकार वा संस्थाले-
(क) योग्य कर्मचारीको छनोट गर्ने र उपयुक्त जिम्मेवारी दिने
(ख) शिक्षा, तालिम र अनुसन्धानको अवसर दिलाई थप सक्षम बनाउने
(ग) न्यूनतम जीवन निर्वाहको लागि पुग्ने तलब र सुविधा उपलब्ध गराई सधैं उत्प्रेरित बनाइराख्ने
(घ) वृत्ति विकासको समुचित र अनुमानयोग्य व्यवस्था गरिदिने
(ङ) सरकार वा संस्था दुबैको हित अनुकूल हुनेगरी सेवाका शर्तहरु निर्धारण गर्ने र तिनको प्रभावकारी कार्यान्वयन गर्ने
(च) योग्यता, क्षमता, कार्यसम्पादनस्तर र इमान्दारिताको आधारमा मूल्याङ्कन गर्ने र सोही अनुरुप पुरस्कार दिने वा दण्डित गर्ने ।
२ इमान्दारिता- इमान्दारिताको विकास र प्रवद्र्धन गर्ने दायित्व स्वयम् कर्मचारीको हो । यसको लागि कर्मचारीले-
(क) सदैव सेवा भावले काम गर्ने
(ख) प्रचलित संविधान, कानुन र आआफ्नो सेवासँग सम्बन्धित आचार संहिताको पूर्ण पालना गर्ने
(ग) संस्थाको नीति, योजना र कार्यक्रमको सही कार्यान्वयन गर्ने
(घ) दवाव, प्रभाव र पक्षधरताको दृढ भएर अस्वीकार गरी आफ्नो दायित्व पूरा गर्न लागिपर्ने
(ङ) कुनै पनि हालतमा अनियमितता र भ्रष्टाचारजन्य कार्य नगर्ने
(च) अरुले के गर्छन् वा गर्दैनन् भनेर ध्यान दिनुको सट्टा मैले मेरो दायित्व पूरा गरें कि गरिन भन्ने सोच राखेर काम गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलीले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता भन्ठान्नुभए जस्तो लाग्योः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसले सदनमा उत्पन्न भएको झडपको अवस्थाको जिम्मा सभामुखले लिनुपर्ने बताएको

ओलीमाथि कांग्रेस झम्टिएको भन्दै एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेसले आक्रमण गरेको आरोप

सदनमा जब सभामुखले गृहमन्त्रीलाई बोल्ने समय दिए…. (भिडियोसहित)

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले राष्ट्रियसभा