काठमाडौंमा ३५० सहित थप ९२७ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ९२७ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३५० भक्तपुरमा ५४ र ललितपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ३६,४५६ पुगेको छ ।
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा १०,२२९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ८,९३९ जना रहेका छन् । आइसोलेसनमा १६,०१९ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना निको भई शुक्रबार थप १६९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २०,२४२ पुगेको छ । त्यस्तै भेन्टिलेटरमा २२ जना र आइसियूमा १६४ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।