काठमाडौं उपत्यकामा १५९ सहित थप ६८१ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६८१ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा थप आठ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,५२२ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १३,५७१ जना रहेका छन् ।
आसोलेसनमा आइसोलेसनमा ११,११८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । बुधबार थप १२० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७,७०० पुगेको छ ।