‘एक स्वस्थ व्यक्तिले सके हरेक हप्ता, न सके हरेक महिना ब्रत बसौं प्लिज !’



डा. अरुणा उप्रेती ।
तौल, युरिक एसिड बढी भएर खुट्टाका बुढी औंला सुन्निएर हिँड्नै नसक्ने मेरा एक परिचित हप्तामा दुई दिन आइतबार र बिहीबार २४–२४ घन्टा ब्रत बस्न थाले। त्यो दिन उनले पानी मात्र खाएर ४ महिनामा उनको तौल ६ किलो घट्यो। युरिक एसिड कम भएर दुखाइ पनि हरायो। अहिले त उनी हप्तामा एक दिन ब्रत बस्नेबाहेक आजकालको ‘१६ घन्टा नखाने’ ब्रत पनि बस्छन्। कहिले कहिले फलफूल मात्र खान्छन्। कहिले दूध खान्छन्। उनको स्वास्थ्य राम्रो भएको छ।

उनले यसरी ब्रत बसेको कुनै ‘भगवान’ का लागि भने होइन।’त्यो भगवान चाहिँ मेरो शरीरमा नै छन्। शरीर नदुखेपछि भगवान पनि खुसी हुँदा रहेछन्। मेरो मनमा पनि शक्ति छाएको छ,’ उनी भन्छन्। अर्थात उनले ‘ब्रत’ बस्ने प्रक्रियालाई कुनै बन्धनमा नबाँधी आफ्नो शरीर र मन स्वस्थ रहोस् भनेर ब्रत बसेका छन्।

सकिन्छ भने हुने-खानेले त हरेक हप्ता अनेक बहानामा ब्रत लिए हुन्छ। स्वास्थ्य राम्रो हुन्छ।  ब्रत बस्नु भनेको अनुशासनमा बस्नु हो। पेटलाई केही समयका लागि आराम दिनु हो। ब्रत बस्दा पानी पर्याप्त पिउनुको अर्थ शरीरमा भएका विषालु तत्व शरीर बाहिर निस्कनु हो।
ब्रतको महिमा धेरै छ। सन् २०१६ मा एक जापानी वैज्ञानिकले ब्रत बस्दा शरीरमा कसरी विभिन्न प्रतिक्रिया भएर विषालु तत्वहरू निकाल्ने प्रक्रिया हुन्छ र यसले शरीर स्वस्थ राख्न मद्दत गर्छ भन्ने देखाए। जुन कुराका लागि ती जापानी वैज्ञानिकले नोबेल पुरस्कार पाए। त्यसको दार्शनिक पक्षलाई ध्यानमा राखेर हाम्रा पूर्खाले ब्रतलाई जीवनमा ढालेका रहेछन्।

रमादानमा एक महिनासम्म ब्रत बस्दा कस्ता-कस्ता फाइदा हुन्छ भनेर अनेक वैज्ञानिकले गरेको अनुसन्धान देखाएका छन्। ब्रत गर्दा आन्द्रालाई आराम मिल्छ र यो बेलामा शरीरमा भएका विषादी बाहिर निकाल्न मद्दत गर्छ।

हिन्दु धर्ममा ब्रत बस्ने अवसर धेरै नै छन्। एकादशीदेखि नौरथाको ब्रत, विभिन्न पूजाआजामा, श्राद्धको अघिल्लो दिन एक छाक खाने, चन्द्र ग्रहण, सूर्य ग्रहण, विवाह, व्रतबन्ध बेलामा एक छाक मात्रै अन्न खाएर बसेको पनि ब्रत नै हो। किरियापुत्री बस्दा पनि हरेकका आफ्ना चलनअनुसार खान्छन्।

लिनेले अझ हरेक हप्ता कहिले दूध मात्र खाने, कहिले रस मात्र वा फलफूल मात्र खाने वा नुन नखाने, कतिले त शुक्रबार सन्तोषी माँको ब्रतमा गुड र चना खाने तर अमिलो नखाएर एक छाक शुद्ध तरिकाले पकाएको भात नै खान्छन्। तुलसीको पूजा गर्ने दिन हरिवोधीनी एकादशीमा ब्रत गरिन्छ। साउनमा प्रत्येक सोमबार शिवजीलाई खुसी पार्न ब्रत गरिन्छ।

पोषणविदहरू भन्छन् विभिन्न नसर्ने रोगहरूमा पनि कम खाने, ब्रत बस्ने योगासन र व्यायाम गर्ने कार्यक्रमले सघाउ पुर्‍याउँछ।
कतिपय पेटसम्बन्धी समस्यालाई आयुर्वेद अस्पतालमा कार्यरत बैद्यहरूले पनि खाना कम ख्वाएर वा ब्रत गराएर विभिन्न समस्या समाधान गर्न कोशिस गर्छन्।

बन्दाबन्दीका बेला कति व्यक्तिहरूले विभिन्न कारणले एक छाक मात्र पकाएर खाए। यसरी गर्दा त उनीहरूको तौल घटेको कुरा पनि प्रकाशमा आएको छ। ब्रत बस्न नहुने कतिपय अवस्था पनि छ। ती अवस्था बाहेक एक स्वस्थ व्यक्तिले सके हरेक हप्ता, न सके हरेक महिना ब्रत बसौं प्लिज!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा