योगेश्वर श्रीकृष्णवारे ठीक बुझाई



डा. गोविन्दशरण उपाध्याय ।

अरूले जे-जसो मानोस् मैले श्रीकृष्णलाई परमात्मा मान्छु | यो श्रद्धा मेरो अध्ययनले विकसित भएको हो | विश्वमा श्रीकृष्णजस्तो अद्भूत व्यक्तित्व उपास्य अर्को हुनै सक्द्दैन | तेस्तै दम्पतिका रूपमा राधाकृष्ण अद्वितीय छन् | राधाकृष्णको प्रेम गर्नेशैली अद्भूत छ र कामवासना रहित छ भन्ने प्रमाणहरू मैले आत्मसात गरेको छु | तर कृष्णतत्वका सवालमा मेरा केही जिज्ञासा र विनम्र असहमतिहरू पनि छन् |

भक्तिवादी धारका अधिकांश श्रीकृष्ण सम्बन्धि साहित्यहरूमा श्रीकृष्णलाई गोपी-लम्पटका रूपमा चित्रित गरिएको छ | जहाँ श्रीकृष्ण (चौविसौं घण्टा) प्रेमिका श्रीराधा र गोपिनीहरूसंग विहार गरेको, संवाद गरेको, झगडा गरेको, खानपान गरेको, रमाइलो गरेको र यहाँसम्म कि रति-उपयोग गरेको भन्ने प्रसंगहरू आउँछन् | खासगरी मध्यकालका स्थानीय भाषामा रचिएका भक्तिसाहित्यमा श्रीकृष्ण अत्याधिक रसिकेश्वरका रूपमा अभिव्यक्त भएका छन् भने भाषाका कविता लेख्ने कविहरू रसिकका रूपमा |

श्रीमद्भागवतमा ब्रजका स्त्रीपुरुषहरूसंग श्रीकृष्णको सम्वन्ध बाल्यभावमा बढी केन्द्रीत भेटिन्छ | गोपिगीत होस् वा युगलगीत दूवैमा गोपिनीहरूले कृष्णका बालस्वभावको कवितात्मक वर्णन गरेका छन् | कविता नै भएको हुँदा रचनामा मीठास भर्नका लागि यौवनका प्रसंग पनि हुनु स्वाभाविक ठान्छु | अतिनै भए पनि राजा परीक्षितलाई “रास-प्रसंग” मन परेन र मुख फोरे | अनि, रास-प्रसंगको अन्त्य भयो |

श्रीकृष्ण परमात्मा हुन् | उनको क्रियाकलापमा उनी स्वतन्त्र छन् | परमात्माका रूपमा के गर्ने के नगर्ने भन्ने उनी आफैले निर्धारित गर्न सक्छन् | योगेश्वर श्रीकृष्ण रसिकेस्वर बन्नै सक्दैनन् भन्ने पनि होइन तथापि भक्तिको अर्थ र प्रयोजन केवल कृष्णको रसिकेश्वर स्वरूपको उपासनामात्र बुझ्नु केवल एउटा पाटो हो | द्रोपदीको साडी बनेर लाज जोगाएका, राजसूय यज्ञमा सबैभन्दा निकृष्ट कर्म “गोडा धुने” जिम्मा लिएका र विश्वको प्रथम विश्वयुद्धजस्तो घातक अवस्थालाई रोक्न दूतकर्म गरेका तथा गीताजस्तो विश्वजयी प्रबचन दिने श्रीकृष्णको अर्को पाटो पनि भक्तियोग्य छ |
श्रीराधा र कृष्णलाई “एकप्राण दुई शरीर”का रूपमा शास्त्रीय व्याख्या पनि पाइन्छ | नि:सन्देह अर्धनारीश्वरको उपासना गर्ने र अर्धांग तथा अर्धांगिनीका रूपमा पतिपत्नीका बीचको सास्वत सम्वन्ध स्थापित गर्ने वैदिक संस्कृतिमा राधाकृष्ण वा रुक्मणीकृष्णका रमण प्रसंगहरू स्वाभाविक ठहर्छन् तर ११ वर्षको उमेरमा गोकुल-वृन्दावन सधैंका लागि त्यागेका श्रीकृष्णलाई ‘स्त्री लम्पटका रूपमा भएका “रसिक” व्याख्याहरू वारे म निकै अन्यौलमा छु |

श्रीकृष्णको महान् व्यक्तित्वलाई “महिला लम्पट”को दृष्टिकोणले लेखिएका भक्ति ग्रन्थहरूसंग श्रीकृष्णको वास्तविक सम्बन्ध छ कि गृहस्थाश्रम देखि भागेका र ब्रह्मचर्यको भूत चढेका केही सन्तहरूको मनभित्रबाट कविताका रूपमा महिला लम्पट श्रीकृष्णको मानसिक अवतार भएको हो ? मैले पटक्कै बुझ्न सकेको छैन | श्रीराधाकृष्णको प्राकृतिक प्रेम र जीवनशैली आजका उरन्ठ्याउला गीतमा रुपान्तरित हुनुमा संस्कृतमा लेखिएका कवितामा श्रीकृष्णलाई गोपी-लम्पटका रूपमा चित्रित गर्ने शैली नै जिम्मेदार छ |

संस्कृत एउटा प्राचीन भाषा हो | संस्कृतमा लेखिएका सबै कुरा “पूजापाठ”का मन्त्र मात्र हुँदैनन् | संस्कृत भाषाका कवितामा जसरी यौवनहरू नदीझैं सलील प्रवाहित भएका छन्, विश्वका अन्य कुनै भाषामा छैनन् | मेरो विचारमा यौवनका भावहरू व्यक्त गर्न संस्कृतजस्तो पूर्णभाषा अर्को छैन | संस्कृतका कविहरूले राधाकृष्णको दाम्पत्यलाई प्रतिक मानेर यौवनका भावहरू व्यक्त गरे तर संस्कृतमा अल्पज्ञान भएकाहरूले ती प्रतिकात्मक यौवन-कविताहरूलाई राधाकृष्णको वास्तविक जीवनमा घटित भएको बुझ्ने भूल गरे | संस्कृत भाषामा लेखिएका यौवनका गीतहरूले श्रीराधाकृष्ण सरल जीवनलाई अतिरंजित पारे |
श्रीकृष्णजन्माष्टमीको पावन पर्वमा हार्दिक शुभकामना व्यक्त गर्छु |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया