हामीले गौरव गर्नुपर्छ



डा. गोविन्दशरण उपाध्याय ।
नेपाल विश्वको सबैभन्दा प्राचीन वैदिक संस्कृति तथा सभ्यता मूल थलो हो | हामीसंग यसका यथेष्ट प्रमाण छन् – ऋषिहरूले कोशी-गण्डकी नदीका किनारामा साक्षात्कार गरेका वैदिकमन्त्रहरू, ऋषि बाल्मिकीले लेखेको रामायण, पुलहा आश्रममा जैन धर्मका संस्थापक ऋषभ देव, पुलहाआश्रम मै भारतको नाम राख्ने राजा भरतको तपस्या, कपिल ऋषिले कपिलवस्तुको आश्रममा साक्षात्कार गरेको प्राचीनतम दार्शनिक चिन्न्तन सङ्ख्य-दर्शनको सैद्धान्तिक साक्षात्कार, कालिगण्डकीको किनारामा जैमिनीले लेखेको मीमांसा दर्शन (जैमिनी नगरपालिका बाग्लुंग) ऋषिवेद व्यासले लेखेको ब्रह्मसूत्र, सिद्धार्थ गौतमले प्राप्त गरेको बुद्धत्व र अठारपुराण सहित महाभारत तथा देशभरि फैलिएर रहेका शाक्त,शैव, वैष्णव पीठहरू पनि यसका प्रामाण हुन् | एस बाहेक प्रकृतिले दिएको भौगोलिक विविधता, भाषिक तथा मानव-विविधता पनि हामी जस्तो अन्य मूलुक छैन |

आधुनिकताको अर्थ र प्रयोजन प्राचीन गौरवमय इतिहास त्याग्नु वा तेसको निन्दा गर्नु होइन | समय र इतिहास फर्किन्न | आजको युगमा विकास अनिवार्य छ तर अर्काको नक्कल गरेर विकास हुँदैन | आफ्नो मौलिकतामा गौरव गर्दै विश्वभरिबाट असल चिन्तन, असल विचार, असल संस्कृति र असल विज्ञान (एटम बम बनाउने विज्ञान आवश्यक छैन ) देशमा भित्र्याउनु पर्छ | आदम स्मिथ वा आइन्स्टाइनको कोट भिरेर कुनै देश अ व्यक्तिले प्रगति गर्ने होइन | नेपालले कार्लमार्क्सको कोट भिरेको ७० वर्ष भैसक्यो तर नेपाल जर्मनजस्तो बन्न सकेन किनभने मागेको कोट मिल्दैन | अव, नक्कल गर्न छोडेर आफ्नै बाटो खोजौं | आफ्नो इतिहासमा रहेका विज्ञानको खोज गरौँ, विदेशमा विकसित भएका विज्ञानसंग तेसको फ्युजन गरौँ | समुन्नत नेपाल हाम्रो सामु हुनेछ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)

‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत