रवि पक्राउपछि नारायणहिटी दरबारमा राजालाई लगेर राख्छौँ भन्ने हल्ला चलाइयोः महासचिव पोखरेल



दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सहकारी प्रकरणमा भइरहेको अनुसन्धानका क्रममा गोर्खा मिडियामा रकम कहाँबाट आयो थाहा भएन भनेर रवि लामिछाने पन्छिन नमिल्ने बताएका छन् ।

नेकपा एमाले दाङ प्रचार तथा प्रसार विभागले सोमबार घोराहीमा आयोजना गरेको नेपाल पत्रकार महासङ्घमा निर्वाचित कार्यसमितिलाई सम्मान कार्यक्रममा पोखरेलले रास्वपा पार्टी दर्ता भएपछि पनि लामिछानेले आफ्नै हस्ताक्षरबाट पैसा पठाएको प्रमाण फेला परेको बताए ।

उनले सरकारमा सहभागी दुई प्रमुख पार्टी काङ्ग्रेस र एमालेलाई असफल हुने छुट नरहेको बताए । उनले अस्थिरता अन्त्यका लागि ठूला दल मिलेर सरकार बनाइएको भन्दै दुई दललाई असफल हुने छुट नरहेको बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको उनले बताए । अस्थिरताको हौवाबाट तर्सिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै महासचिव पोखरेलले चुनौतीको सामना गर्ने गरी गतिलो गृहकार्य गरेर दुई दल अघि बढेको जिकिर गरे ।

उनले भने, ‘दुई ठूला पार्टी निश्चित उद्देश्य लिएर सरकार बनाएका छन्। तर, यो सरकारले दशै तिहार नै कट्दैन भनेर हल्ला फैलाइयो। त्यसको प्रभाव आर्थिक क्षेत्रमा परेको छ। त्यसपछि सहकारी प्रकरणमा रवि लामिछानेलाई पक्राउ गरेपछि विद्रोह हुन्छ र नारायणहिटी दरबारमा राजालाई लगेर राख्छौँ भन्ने हल्ला चलाइयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमला पुल निर्माणको जिम्मेवारी पाएको लुम्बिनी बिल्डर्ससँँगको ठेक्का तोड्ने तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धनुषा र सिरहा जोड्ने कमला

न्याय परिषदमा तानिए आलमलाई सफाइ दिने न्यायाधीश थारु र महर्जन

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने दुई न्यायाधीश न्याय

युद्धग्रस्त मुलुकमा रहेका नेपालीको सुरक्षाका लागि सरकार के गर्दैछ ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०८२/८३

उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्ने निर्णय