नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि



वीरगन्ज । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बारामा, पर्सा र रौतहटका गरी १४१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४३ जना थुनुवा हुन् । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमितमध्ये तीन जना बारा र चार जना रौतहटका छन् ।

२९ जना कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेका संक्रमित छन् । त्यस्तै, सैनिक तथा चिकित्सकमा पनि संक्रमण पुष्टि भएको छ । वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीका बुवा र आमामासेमत संक्रमण पुष्टि भएको छ । मेयर सरावगी आफैं संक्रमण पुष्टि भएर काठमाडौंमा घरमै आएसोलेसनमा बसेका छन् । पछिल्लो समय वीरगंज कोरोना संक्रमितको हट स्पट बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् पुस ९ गतेको मन्त्रिपरिषद बैठकका १२ निर्णय

काठमाडौं । सरकारले अनुमति नलिई क्यासिनो सञ्चालन गर्नेलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसारको

‘सहसचिव र उपसचिवको खुला प्रतिस्पर्धा रोकौँ’

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसले नीतिगत निर्णयको प्रक्रियामा

एनसेलको सेयर बिक्री रोक्न माग गरिएको अमरेश सिंहको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले एनसेलको सेयर बिक्री रोक्न माग गरिएको रिट खारेज गरेको

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक अर्थ समितिबाट पारित

  काठमाडौँ । संसदको अर्थ समितिको बिहीबारको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक,