भारतमा २० लाख भन्दा बढीमा कोरोना संक्रमण, ४१ हजार भन्दा बढीको मृत्यु



विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड २३ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट १ करोड ९२ लाख ५७ हजार ६ सय ४९ जना सङ्क्रमण पुष्टि भएकामा १ करोड २३ लाख ५७ हजार ६ सय ५४ जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, कोरोनाका कारण ७ लाख १७ हजार ६ सय ८७ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये ६१ लाख ८२ हजार ३ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६५ हजार २ सयबढीको अवस्था गम्भिर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ५० लाख ३२ हजार १ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २५ लाख ७६ हजार ६ सय बढी निको भएका छन् भने १ लाख ६२ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २९ लाख १७ हजार ५ सय ६२ पुगेको छ भने ९८ हजार ६ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २० लाख ४७ हजार भन्दा बढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा २० लाख २५ हजार ४ सय भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ४१ हजार ६ सय भन्दा बढीको मृत्यु भईसकेको छ भने १३ लाख ७७ हजार ३ सय भन्दाबढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्थानीय सरकार प्रमुख भन्छन्-सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ

  नारायण न्यौपाने, काठमाडौँ । बाढीपहिरोका घटनाबाट प्रभावित क्षेत्रका अवरुद्ध सडक खुलाउने, क्षतिग्रस्त

युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी

मस्को । रूसी सेनाले पूर्वी युक्रेनको कुराखोभ सहर नजिकैको अर्को गाउँ कब्जा गरेको

लेबनान नछाड्ने लेबनानका लागि राष्ट्रसङ्घीय शान्ति सेनाको दाबी

बेरुत । लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना (युनिफिल) ले शनिबार स्थानान्तरण गर्ने

अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने प्रचण्डको उद्घोष

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र