अख्तियारका २० कर्मचारीमा कोरोना सङ्क्रमण



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको जानकारी दिए ।

यसअघि आयोगमा १५ जना कर्मचारीमा सङ्क्रमण देखिएको थियो । ती सङ्क्रमण देखिएका अधिकांश अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी छन् ।

यसैगरी गत मङ्गलबार नै महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार र परराष्ट्र मन्त्रालयका कर्मचारीमा गरेको परीक्षणमा भने सङ्क्रमण नदेखिएको पौडेलले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा ६० र परराष्ट्र मन्त्रालयका १८ कर्मचारीको स्वाब सङ्कलन गरिएको थियो ।

अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।

यसैगरी महाशाखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सर्वाेच्च अदालत र जिल्ला अदालत काठमाडौँमा कोभिड–१९ परीक्षणका लागि स्बाव सङ्कलन गरिरहेको छ । मन्त्रालयमा ८२, सर्वोच्च र जिल्ला अदालतमा ३०० जनाको स्वाब सङ्कलन गरिएको महाशाखाले जनाएको छ ।

यसअघि महाशाखाले अग्रपङ्क्तिमा काम हुने कार्यालय बैंक, मालपोत तथा नापी, यातायात कार्यालयमा काम गर्ने पाँच हजार कर्मचारीको पिसिआर परीक्षण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिफल नदिने आयोजनाहरूमा निर्ममतापूर्वक कैँची चलाउन सरकारलाई पूर्व अर्थसचिवहरुको सुझाव

काठमाडौँ । अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवहरूसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । पूर्व

देशले अब यही परिस्थिति थेग्न सक्दैन, नयाँ समझदारी गर्नुपर्छः अध्यक्ष लिङ्देन

सुदूरपश्चिम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्था थप बिग्रिन

गोठाटार गोलीकाण्डका मुख्य अभियुक्तलाई गोली हानेर लियो प्रहरीले नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गोठाटारमा लाल मोहम्मदमाथि गोली चलाउने गुड्डु पासवानलाई आइतबार प्रहरीले गोली

सरोकारवालासँग छलफल गरेर पाथीभरामा केबलकार निर्माण प्रक्रिया अघि बढाउन सहज वातावरण तयार गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले पाथीभरामा केबलकार निर्माणका लागि सरोकारवाला सबै पक्षसँग छलफल गर्ने