भ्रष्टाचारको अभियोग लागेका स्पेनका पूर्वराजा ख्वान कार्लोसद्वारा देश छाड्ने घोषणा



स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने घोषणा गरेका छन् । केही हप्ताअघि उनी भ्रष्टाचारसम्बन्धी मुद्दामा जोडिएका थिए । ८२ वर्षका कार्लोसले उक्त घोषणा आफ्ना छोरा फेलीपे षष्टमलाई लेखेको पत्र मार्फत गरेको बताइएको छ । अभियोजनकर्ताहरूले आफूसँग सोधपुछ गर्न चाहेको खण्डमा आफू उपलब्ध हुने उनले बताएका छन् ।

साउदी अरेबियामा एउटा हाइस्पीड रेलको ठेक्काका विषयमा कार्लोसको कथित संलग्नताबारे गत जुन महिनामा स्पेनको सर्वोच्च अदालतले अनुसन्धान अघि बढाएको थियो । पूर्वराजाले स्पेन कहिले छाड्ने छन् वा उनी त्यसपछि कहाँ बस्नेछन् भन्ने विषय स्पष्ट भएको छैन । कुशलतापूर्वक स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म डोर्याएका कार्लोसका लागि यो अपमानजनक बहिर्गमन हो । करिब ४० वर्ष राज गरेपछि कार्लोसले सन् २०१४ मा गद्दी त्यागेका थिए ।

आफ्ना ज्वाईँ मुछिएको भ्रष्टाचारसम्बन्धी अनुसन्धान र स्पेनमा आर्थिक मन्दीका बेला विवादास्पद हात्ती सिकार यात्रापछि उनले गद्दी त्यागेका थिए । सन् २०१४ मा गद्दी त्याग गरेपछि ख्वान कार्लोसको साउदी अरेबियास्थित परियोजनामा संलग्नता स्थापित गर्ने आफूहरूको उद्देश्य रहेको स्पेनको सर्वोच्च अदालतले बताएको छ ।

स्पेनको एउटा कम्पनीले मक्कामदिना रेल निर्माणका लागि ६.७ अर्ब युरो बराबरको ठेक्का पाएको थियो । अनुसन्धानमा स्विस बैंकहरू पनि सामेल छन् ।

स्पेनका भ्रष्टाचारसम्बन्धी मामिला हेर्ने अधिकारीहरूले पूर्व राजाले स्विट्जरल्यान्डमा अघोषित धन राखेको हुन सक्ने शङ्का गरेका छन्। यस विषयमा अनुसन्धान जारी छ । स्पेनको सरकारले न्याय सबैका लागि समान रहेको बताएको छ र उसले सोधपुछमा हस्तक्षेप नगर्ने जनाएको छ । उनी सन् १९३८ मा रोम, इटलीमा जन्मिएका हुन् ।

सन् १९७५ नोभेम्बर २२ मा उनको राज्यारोहण भएको थियो । कठिन अवधिमा स्पेनको लोकतन्त्रको नेतृत्वका कारण उनलाई व्यापक रुचाइन्थ्यो । तर ३९ वर्ष लामो शासनकालको अन्त्यतिर आउँदै गर्दा उनीविरुद्ध आलोचना बढ्दै गयो । सन् २०१४ जुन १८ मा छोरा फेलीपेका पक्षमा उभिँदै राज गद्दी त्याग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आसियानद्वारा हरित अर्थतन्त्रका लागि विश्वव्यापी सहयोगको आह्वान

दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन (आसियान) ले स्वच्छ ऊर्जालाई प्रवर्द्धन गर्दै हरित अर्थतन्त्रमा विश्वव्यापी

लखनउमा भवन भत्किँदा चारजनाको मृत्यु, २८ जनाको उद्धार

लखनउको यातायात नगर क्षेत्रमा रहेको एक भवन भत्किँदा चार जनाको मृत्यु भएको छ

बेलायती प्रधानमन्त्री स्टारमर डब्लिन आयरल्याण्ड भ्रमणमा

ब्रेक्जिटपछि युरोपेली सङ्घ (ईयू) राष्ट्रसँग बिग्रिएको सम्बन्ध पुनर्स्थापित गर्ने उद्देश्यले बेलायतका प्रधानमन्त्री कीर

इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौँ । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली