रुक्मांगद कटवालले शशी भवनमा राखेको त्यो सन्ध्याकालीन जमघट



विष्णु रिजाल ।

२०६५ सालतिर रुक्मांगद कटवालले प्रधानसेनापति भएको बेला शशी भवनमा एउटा सन्ध्याकालीन जमघट राख्नुभएको थियो । त्यतिबेला चर्चामा रहेको शब्द ‘सेनाको लोकतान्त्रीकरण’का कट्टर आलोचक र यस विषयमा अन्तरक्रिया गर्न खुबै मन पराउने उहाँले विभिन्न विचाराधाराका व्यक्तिहरुका बीचमा सेनामा कसरी निष्पक्ष र पारदर्शी रुपमा काम हुने गरेको भन्दै ‘कोर्ट अफ इन्क्वाइरी’को गठन, बहस, प्रतिरक्षा र निर्णय प्रक्रियाका बारेमा सेनाका प्राड (कानुन) विवाक प्रमुख वीएकुमार शर्मालाई साक्षी राखेर ‘कोर्ट मार्शल’का बारेमा बताउनुभएको थियो ।

‘सेनामा यत्तिकै कारवाही हुँदैन, पुनरावेदन अदालतका न्यायाधीशको अध्यक्षतामा अदालत गठन, प्रतिवादीका तर्फबाट बहस जस्ता काम हुन्छन्’ भनेपछि पत्रकार देवप्रकाश त्रिपाठीले सोध्नुभएको थियो, ‘चिफ साब, सेनामा साह्रै राम्रो सुनुवाइको व्यवस्था रहेको जान्न पाउँदा खुसी लाग्यो । तर, एउटा कुरा सोधिहालौँ– अभियुक्तलाई के सजाय दिने भन्ने चाहिँ पहिल्यै लेखेर लगिन्छ कि त्यहीँ बहस सुनेपछि लेखिन्छ ?’

हामी सबै गलल हाँसेका थियौँ ।
‘खुल्ला प्रतिस्पर्धा’बाट हुने सरकारी राजनीतिक नियुक्ति देख्दा त्यही दृश्य सम्झना आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

राष्ट्रिय राजनीतिमा भइरहेको तमासालाई नियालिरहेका छौंः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरु यतिबेला नेपाली राजनीतिमा देखिएको