पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि



वीरगंज । पर्सामा थप ७३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । वीरगन्जको नारायणी अस्पतालको प्रयोशालामा गरिएको पीसीआर परीक्षणबाट १५ जना महिला र ५८ जना पूरुषमा संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १५ वर्ष देखि ७१ वर्ष उम्मेर समुहका ७३ जना कोरोना संक्रमित फेला परेका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् । उनले फेला परेका मध्ये ३ जना बाराका र ७० जना पर्साका रहेका बताए ।

सबै भन्दा बढी वीरगन्ज महानगरपालिकाको वडा नम्बर ११ श्रीपुरबाट ४० जना संक्रमित फेला परेका छन् । श्रीपुरबाट १२ जना महिला र २८ जना पुरुषमा संक्रमित भेटिएको मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी दिए ।

उनले गएराती आएको पीसीआर रिपोर्टमा पर्सा जिल्लाबाट दुई जना सुरक्षाकर्मी र एक जना संचारकर्मी समेत संक्रमण पुष्टि भएको बताए । वीरगंज महानगरपालिकाले सुरु गरेको मास टेस्टिङमा संकलन गरिएका स्वाबको नमुनाबाट अधिकांश संक्रमित फेला परेका अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँबसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु

काठमाडौँ । देशभरका सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गोँगबुस्थित नयाँबसपार्कका सबै टिकट ‘काउन्टर’ बाट

हृदयघात भएपछि पूर्वयुवराज पारस नर्भिक अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । शाहलाई आइतबार हृदयघात भएपछि

सरकारले ल्याएको अध्यादेश हुबहु पारित हुँदैनः नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यथास्थितिमा

पार्टीमा केही असहमति भए त्यसलाई छलफल गरेर समाधान गर्नुपर्छः सभापति देउवा

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाउने