गुरुकुल शिक्षामा सुधारको आवश्यकता



डा. गोविन्दशरण उपाध्याय ।

काठमाण्डौ उपत्यकामा संचालित गुरूकुल वारे केही तत्थ्यहरू
मिति २०७६/८/१४ देखि मिति २०७७/१/२२ सम्म मैले काठमाडौँ उपत्यकामा संचालित मध्ये विभिन्न ९ बटा वेदविद्याश्रम, गुरूकुल तथा ६ बटा निजी विद्यालयमा संस्कृत पढाउने शिक्षक/शिक्षिकाहरूका विषयमा सम्वन्धि जानकारी प्राप्त गरेको थिएँ | तेसका केही सूचक एस्ता छन्

(१) संस्कृत पढाउने शिक्षकहरूको तलव सरकारी प्राथमिक स्केल भन्दा पनि निकै कम मासिक (७००० देखि ११०००) सम्म रहेको छ |

(२) संस्कृत शिक्षणमा आबद्ध शिक्षकहरू कर्मकाण्ड/ज्योतिषको काम गरेर आफ्नो जीविका आर्जन गर्छन् |

(३) केवल १५% शिक्षक/शिक्षिकाहरू आफुले संस्कृत पढाउन पाएकोमा गर्व गर्छन् बाँकी “संस्कृत पाठशालामा आश्रित रहंदा” गारो हुने स्वीकार गर्छन् |

(४) निजीतहमा संचालित ९ मध्ये ८ बटा गुरूकुलहरू संस्कृतलाई माया गर्ने गुरूहरूले निजी प्रयास र उद्योगबाट संचालन गरेका छन् | निश्चित आयको श्रोत छैन | हामी “आकाश वृत्ति” र “भगवानको कृपा” मा आधारित छौँ” भन्ने धेरैको राय रह्यो | केही गुरूकुलहरूले वार्षिक रूपमा केही अनुदान प्राप्त गरे पनि सबैजसो “निजी प्रयास र समुदायको सहयोगमा” संचालित रहेको तत्थ्य फेला परेको छ |

(५) गुरुकुलको निरन्तरताका सवालमा संस्थापक, गुरूहरू र समुदायका व्यक्तिहरूमा पनि चरम अनिश्चय देखियो | सबैजसो गुरूकुलहरूमा “सरकारले संस्कृत शिक्षा प्रति चरम उदासीनता”को नीति अख्तियार गरेको भन्ने गुनासो सुनियो |

(६) आवासीय गुरूकुलमा वस्ने अधिकांश विद्यार्थीहरूले नजिकैका सरकारी विद्यालयमा “आधुनिक शिक्षा” पढ्ने गरेको भेटियो तर सबैजसो गुरुकुल संचालकहरू “सबै विषय पढाइने गुरूकुलको पक्षमा” रहेका छन् |

(७) अधिकांश गुरुकुलहरूमा पुरुष र वर्णविशेषका विद्यार्थीहरूमात्र भेटिए | केवल निजी विद्यालयहरूले महिला-विद्यार्थीलाई समावेश गरेको भेटियो र कर्मकाण्ड विषयमा बढी प्राथमिकता देखियो |

(८) उपरोक्त ९ बटा गुरूकुलहरूमा संस्कृत विषय (व्याकरण, ज्योतिष, कर्मकाण्डआदि) पढाउने गुरूहरूको शैक्षिक योग्यता उत्तरमध्यमा (१२) देखि विद्यावारिधि सम्म रहेको भेटियो |

(९) गुरुकुलको आवासीय अवस्था, खानपान, भौतिक अवस्थामा निकै सुधार गर्नु पर्ने देखियो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बुटवलमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

लुम्बिनी । पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै जिप दुर्घटना हुँदा तीन जनाको

सहकारीको ८७अर्ब खै ?

नारायण गाउँले । सहकारीको ८७अर्ब खै ? भन्ने कतै सुन्नुभएको होला ! ८७

अजिङ्गरको कथा

डा. गोविन्दशरण उपाध्याय । मैले लेखेको र तपाईंले एकएक अक्षर गरेर पढ्दै गरेको

विशेष अदालतले सफाइ दिएको मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

  काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला चित्त नबुझेको