विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख ६९ हजार नाघ्यो



कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ६९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७ सय भन्दाबढीको कोरोना संक्रमणबाट मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ६ लाख ६९ हजार ९ सय ४८ पुगेको वल्डोमिटरले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ८४ हजार ३ सयबढीमा संक्रमण देखिएसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७१ लाख ७९ हजार ९२ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ६ लाख ९३ हजार भन्दाबढी उपचारपछि निको भएर घर फर्किएका छन् । ५८ लाख १६ हजार १ सय भन्दाबढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६६ हजार ३ सय ८८ जनाको अवस्था गम्भीर रहेको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४५ लाख ६८ हजार ३७ पुगेको छ । जसमध्ये १ लाख ५३ हजार ८ सय ४० जनाको मृत्यु भएको छ । २२ लाख ४५ हजार भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा २५ लाख ५५ हजार ५ सय १८ जना संक्रमित भएका छन् भने ९० हजार १ सयभन्दा बढीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शङ्खधर चोकमा प्रदर्शन गरिएको ऐतिहासिक महाकाली नाच(फोटोफिचर)

मध्यपुर थिमि पोबुबाट प्रदर्शन भएको ऐतिहासिक महाकाली नाच शुक्रबार राति शङ्खधर चोकमा प्रदर्शन

निर्वाचन शान्तिपूर्ण हुन्छ वा हुँदैन, मलाई थाहा छैन : बाइडेन

वासिङ्टन । राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त

लेबनानको सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह