विश्वमा एक करोड भन्दा बढी कोरोना संक्रमित निको भएर डिस्चार्ज



चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिमबाट फैलिएको कोरोना भाईरसबाट विश्वभर ६ लाख ५२ हजार बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार १ सय भन्दाबढीको कोरोनाकै कारण मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ६ लाख ५२ हजार ३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा२ लाख १६ हजार ३ सय भन्दाबढी संक्रमण देखिएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६४ लाख १२ हजार ७ सय ९४ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ४२ हजार ३ सय भन्दाबढी उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ४३ लाख ७१ हजार ८ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २० लाख ९० हजार १ सय बढी निको भएका छन् भने १ लाख ४९ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २४ लाख १९ हजार ९ सय १ पुगेको छ भने ८७ हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १६ लाख ३४ हजार २ सयभन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शङ्खधर चोकमा प्रदर्शन गरिएको ऐतिहासिक महाकाली नाच(फोटोफिचर)

मध्यपुर थिमि पोबुबाट प्रदर्शन भएको ऐतिहासिक महाकाली नाच शुक्रबार राति शङ्खधर चोकमा प्रदर्शन

निर्वाचन शान्तिपूर्ण हुन्छ वा हुँदैन, मलाई थाहा छैन : बाइडेन

वासिङ्टन । राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त

लेबनानको सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह