करिव ३९ लाख अमेरिकीलाई कोरोना भाइरसको संक्रमण, १ लाख ४३ हजार भन्दा बढीको मृत्यु



विश्वमा कोरोना सङ्क्रमितमध्ये ८७ लाख ३४ हजार भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट १ करोड ४६ लाख ४० हजार ३ सय ४९ जना सङ्क्रमण पुष्टि भएकामा ८७ लाख ३४ हजार ७ सय ८९ जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, कोरोनाका कारण ६ लाख ८ हजार ८ सय ५६ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये ५२ लाख ९६ हजार ७ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ५९ हजार ८ सयबढीको अवस्था गम्भीर रहेको छ । यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ३८ लाख ९८ हजार ५ सय भन्दाबढी सङ्क्रमित भएका छन् ।

संक्रमितमध्ये १८ लाख २ हजार भन्दा बढी निको भएका छन् भने १ लाख ४३ हजार भन्दा धेरैको ज्यान गएको छ । यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २० लाख ९९ हजार ८ सय ९६ पुगेको छ भने ७९ हजार ५ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १३ लाख ७१ हजार २ सयभन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेबनानको सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह

११ करोड रुपैयाँ बराबरको सुनसहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा । प्रहरीले मकवानपुरबाट आठ किलो सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ

सिन्धुलीका बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

राधिका बुढाथोकी, सिन्धुली ।  पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च