विश्वमा एक करोड ४४ लाख भन्दा बढीलाई कोरोना संक्रमण



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ४४ लाख २२ हजार ४ सय ६८ पुगेको छ । वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा २२ लाख २४ हजार ६५ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएसंगं मृत्यु हुनेको संख्या ६ लाख ४ हजार ८ सय २३ जना पुगेको हो ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ लाख ११ हजार ६ सय ४७ पुगेको छ । संक्रमितमध्ये ५२ लाख ५ हजार ९ सय भन्दाबढीको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने ५९ हजार ९ सय बढीको अवस्था गम्भीर रहेको छ ।
कोरोनाबाट धेरै प्रभावित अमेरिकामा ३८ लाख ३३ हजार भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ४२ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ ।

यस्तै, कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९८ हजार ८८९ जना, उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९५ हजार ७७७ जना, एसियाली मुलुकहरूमा ७७८ हजार ४३० जना, दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख १६ हजार ५७२ जना, अफ्रिकी मुलुकहरूमा १४ हजार ९९६ जना र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १४० जनाको मृत्यु भएको छ ।
यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २० लाख ७५ हजार २ सय ४६ पुगेको छ भने ७८ हजार ८ सय बढीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेबनानको सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह

११ करोड रुपैयाँ बराबरको सुनसहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा । प्रहरीले मकवानपुरबाट आठ किलो सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ

सिन्धुलीका बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

राधिका बुढाथोकी, सिन्धुली ।  पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च