थप १६७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ६,०५६



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १७,३४४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४,९८१ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा २३,५०० जना छन् भने आइसोलेसनमा ६,०५६ जना रहेका मन्त्रालयले जनाएको छ । त्यसैगरी बिहीबार २१३ जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११२४९ पुगेको छ । त्यस्तै रेडजोनमा ५२६ जना रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए कारबाही हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राम्रो काम गर्न खोज्दा त्यसको विरोध

बाफिया र धितोपत्र विधेयक चाँडो पारित गरौंः अर्थमन्त्री पौडेल

काठमाडौं ।उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो

थापाथलीमा पाइप फुट्दा सडकमा बग्यो मेलम्चीको पाँच लाख लिटर पानी

काठमाडौं ।  थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी

सरकार बदल्ने कुनै खेलमा छैनौं, यो टिक्दा हामीलाई फाइदाः अध्यक्ष प्रचण्ड

नेपालगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार जति टिक्छ,