थप २९३ जनामा कोरोना संक्रमण, डिस्चार्ज हुनेको संख्या ६,५४७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा २९३जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या १५,७८४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४७१० जनाको नमुना परीक्षण गरिएको छ ।
त्यस्तै क्वारेन्टाइनमा ३१,५७३ जना छन् भने आइसोलेसनमा ९,२०३ जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १३२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ६,५४७ पुगेको छ ।