थप ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ हजार २ सय ४८ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७९१ र आररडटीबाट १८२२ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइनमा ५७ हजार ३६८, आइसोलेसनमा १० हजार ८५ जना रहेका छन् । त्यस्तै सोमबार १२१ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।