विश्वमा पछिल्लो ६ दिनमै थपिए १० लाखभन्दा बढी कोरोना संक्रमित



विश्वभर ५५ लाख ५३ हजार भन्दाबढी कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । १ करोड २ लाख ४२ हजार ९ सय ३२ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएकामा ५५ लाख ५३ हजार १ सय ७ जना कोरोनामुक्त भएका छन् ।

यस्तै संक्रमितमध्ये ५ लाख ४ हजार ३ सय ६६ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये ४१ लाख ८५ हजार ४ सय ५९ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५७ हजार ६ सय ७० जनाको अवस्था गम्भीर रहेको छ ।

यस्तै, सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा २६ लाख ३७ हजार ७७ जनामा सङ्क्रमण देखिएको छ भने १ लाख २८ हजार ४ सय ३७ जनाको मृत्यु भएको छ । संक्रमितमध्य १० लाख ९३ हजार भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा १३ लाख ४५ हजार बढी, रसियामा ६ लाख ३४ हजार, भारतमा ५ लाख ४९ हजार, बेलायतमा ३ लाख ११ हजार बढी संक्रमित भएका छन् । पछिल्लो ६ दिनमा मात्रै विश्वमा १० लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड