वार्ताका लागि पटक-पटक आह्वान गर्दापनि भारत अनिच्छुक देखियोः परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्यहरुले नेपालको अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले गरेको पहलको प्रशंसा गर्दै नेताहरुले कूटनीतिक संवादमा जोड दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको स्थायी कमिटी बैठकमा धारणा राख्ने सदस्यहरुले छिमेकी भारतसँग प्रभावकारी रुपमा कुटनीतिक ढंगले वार्ता गरेर अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

सदस्यहरुले लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायत बिभिन्न स्थानमा रहेका सीमा समस्याहरु पनि एकमुष्ट रुपमा समाधान गर्नुपर्ने बताएका थिए । सबै दलहरु राष्ट्रिय सहमति कायम गरि नेपालको नक्सामा अतिक्रमित भूमि समावेश गर्न सरकार सफल भएको र अब अन्य बिषयमा मित्रराष्ट्र देशसंग प्रभावकारी ढंगले छलफल गर्नुपर्ने धारणा नेताहरुले राखेको स्थायी समिति सदस्य योगेश भट्टराईले जानकारी दिएका छन् । डुबान र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि भारतसँग सरकारले प्रभावकारी वार्ता गर्नुपर्ने सुझाव दिएको भट्टराईले बताए ।

बैठकमा परराष्ट्रमन्त्री रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले भारतलाई सीमा वार्ताबारे पटकपटक आह्वान गरे वार्ता गर्न इच्छुक नदेखिएको बताएका थिए । भारत वार्तामा बस्न तयार हुने र कूटनीतिक सम्वादमार्फत नै समस्या समाधान हुने विश्वास सरकारले लिएको उनको भनाई थियो ।

भारतसँग सीमा समस्या समाधानका लागि वार्ताको पहल गरिरहेको जानकारी बैठकमा दिनुभएको स्थायी समिति सदस्य भट्टराईले जानकारी दिए । शुक्रबारको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भए ।

कार्यव्यस्तताका कारण अनुपस्थित भएको र बैठकमा भएका छलफल प्रधानमन्त्रीलाई जानकारी गराउने व्यवस्था गरिएको भट्टराईले बताए । शुक्रबारको बैठकमा बैठकमा लीलामणि पोखरेल,मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारयणकाजी श्रेष्ठले बोलेका थिए । । स्थायी कमिटीको बैठक अब शनिबार ११ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिमको समस्या समाधानका लागि कोसिस गर्ने खनाललाई प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल

राजनीतिमा आएको एउटा फ्रेस युवाले अव्यवस्थित र दुर्गन्धित शहरलाई जे जति उपचार गर्ने प्रयास गर्दै छ, त्यो सराहनीय छ

नारायण गाउँले । स्वास्थ्यमन्त्री हुनासाथ कुचो, कार्यकर्ता र क्यामेरा बोकेर आफैं वीर हस्पिटल

मधेशका मुख्यमन्त्री यादवले आज चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौँथो पटक विश्वासको मत लिँदैछन्