बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानिसमा परीक्षण गर्ने तयारी
बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण सुरु भएको छ । लन्डनको इम्पेरियल कलेजमा तीन सय मानिसमाथि खोपको परीक्षण गर्ने तयारी भएको बीबीसीले उल्लेख गरेको छ । खोपको परीक्षणमा सहभागी हुन चाहेका व्यक्तिलाई सम्भवित नयाँ खोपको डोज दिने प्रक्रिया थालिएको वैज्ञानिकले बताएका छन् ।
इम्पेरियल कलेज लण्डनका प्राध्यापक रोबिन शाट्टोक र उनका सहकर्मीहरुको नेतृत्वमा परीक्षण सुरु भएको हो । जनावरमा गरिएको परीक्षणमा खोप सुरक्षित र प्रतिरक्षामा राम्रो काम गर्ने देखिएपछि मानिसमा यो परीक्षण थालिएको हो । अहिलेसम्ममा कोरोना भाइरसविरुद्धका सम्भावित १२० खोपमा काम भइरहेको छ ।
अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले तयार पारेको अर्को खोपको मानवीय परीक्षण भने यसअघि नै सुरु भएको थियो । सो खोपको तेस्रो चरणको मानवीय परीक्षणको तयारी हुँदैछ ।