गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ, बागलुङ, स्याङ्जा, लमजुङ, कास्की लगायतका जिल्लामा गरी थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९३ पुगेको छ ।