गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जामा १२ र नवलपरासी पूर्वमा ८ जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ ।