गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा आइतबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ, म्याग्दी, तनहुँ र पर्वतमा गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रममितको संख्या ५०४ पुगेको छ ।