‘एमसीसी जटिल र शङ्कास्पद बनाएको प्रधानमन्त्री आफैंले हो’



नारायण गाउँले ।

एमसीसीको विरोध गर्नेलाई ओलीले नपढेको आरोप लगाउनुभयो । तर उहाँ आफैले अमेरिकासँग पाँच सय अर्बको सम्झौता भइसकेको र पैसा आउनमात्रै बाँकी रहेको बताउनुभएको थियो । एमसीसी जम्मा ५० अर्ब जतिको हो । बाँकी ४५० अर्बको सम्झौता कुन हो ? त्यो सदनलाई र देशलाई बताउनु पर्दैन ? कि उहाँ आफैले पनि पढ्नुभएको छैन ? या त गलत बोलेकोमा माफ माग्नुपर्यो, या त कुनै गोप्य सम्झौता छन् भने बताउनु पर्यो ।

कम्तिमा प्रधानमन्त्री जस्तो व्यक्तिले यस्तो गम्भीर विषयमा बोल्दा या स्पष्टीकरण दिँदा विरोधी या प्रश्न गर्नेलाई सम्मान गर्दै अलि तयारीका साथ तथ्य र बुँदागत रूपमा उत्तर दिनुपर्ने होइन र ? देशमा विकास हुन्छ कि भन्ने डरले विरोध गरेको भन्ने ओठे जबाफ दिनुभन्दा विवादित बुँदा यी हुन् तर यसकारण यी देशको अहितमा छैनन् भनेर मिठो र नम्र भाषामा जबाफ दिन पनि त सकिन्छ । पढ्दै नपढी त कसरी यी यी बुँदामा आपत्ति छ भन्छ र कसैले ? उहाँले तीनपल्ट संसदमा एमसीसी बारे बोल्नुभो, तर एउटा वाक्यमा पनि तथ्याङ्क र विषयवस्तुको गइराइ छैन । विषयमा पस्नु र गम्भीर छलफल गर्नुभन्दा विरोधीलाई धारे हातमात्रै लगाएर समय खर्च गर्ने उहाँको शैली छ ।

आखिर मुख्य विपक्षी दलले त समर्थन गरेकै छ, विरोध या शङ्का आफ्नै दलभित्र हो । न छलफल गर्न स्थायी समितिको नियमित बैठक राख्न सक्नुहुन्छ, न संसदमा उभिएर बुँदागत व्याख्या गर्नुहुन्छ । घरि आफैले पचास अर्बलाई पाँच सय अर्ब भन्नुहुन्छ । एमसीसी जटिल र शङ्कास्पद बनाएको उहाँ आफैले हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पश्चिम रुकुममा चार दिनअघि भागेर विवाह गरेका एकजोडी मृत फेला

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणीमा एकजोडी मृत फेला परेका छन् । त्रिवेणी

मन्त्रीहरूलाई केही समस्या भए पार्टीमा कुरा राख्न सभापति देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दल कार्यसमितिको आजको बैठकले संसद्को

हमासले गाजामा बन्धक बनाएका चार इजरायली महिला सैनिक रिहाइको क्षण, तस्बिरमा

बीबीसी । हमासले शनिवार थप चारजना इजरायली बन्धकहरू छाडेको छ। गत आइतबार गाजामा

शंकर पोखरेलको प्रश्नः ३२ सीट भएको माओवादी सत्तामा हुँदा चाहिँ प्राकृतिक, जनताले रोजेका पार्टीले नेतृत्व गर्दा अप्राकृतिक ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई निराशाको खाडलबाट बाहिर निकाल्ने प्रयत्न