आत्महत्या होइन, आत्मरक्षा गरौं



शारदा पुरी । 
आत्महत्या भन्ने बितिक्कै आफ्नो जीवन आफैंले समाप्त गर्नु वा आफूले आफूलाई मार्नु भनेर बुझिन्छ । विश्वको तथ्यांक हेर्ने हो भने प्रत्येक दिन आत्महत्या गर्नेको तथ्यांक एकदम भयावह छ । विश्वका धेरै मुलकहरु आत्महत्याको समस्याबाट लामो समयदेखि ग्रसित भएको देखिन्छ । नेपालको सन्दर्भमा कुरा गर्दा पनि आत्महत्याको दर तुलनात्मक रुपमा झन् बृद्धि हुँदै गएको छ । तत्कालको अवस्थाको मात्र कुरा गर्ने हो भने पनि लकडाउनको कारण आत्महत्या गर्नेको तथ्यांक झण्डै चौध सयको हाराहारीमा पुगेको छ । यो एकदम दुःखद र डरलाग्दो अवस्था हो । कोरोना भाइसरको संक्रमणले भन्दा कयौँ गुणा बढी व्यक्तिहरुले आत्महत्याबाट मृत्युवरण गर्नुपरेको तितो यथार्थ हामीले देखिरहेका छौं । व्यक्तिले आफूले आफैंलाई समाप्त गर्नुसँग धेरै कारणहरु जोडिएका हुन्छन् ।

धेरै जस्तो व्यक्तिले बाँच्नुको कुनै बिकल्प नदेखेपछि मृत्यु रोजेको पाइन्छ । हामी धेरै सुनिरहेका हुन्छौं, आत्महत्याका घटना अनि आफ्नै वरिपरी पनि यस्ता घटना प्रत्यक्ष देखिरहेका पनि हुन्छौं । तर आत्महत्या गर्नुको कारण अनि गहिराईलाई खासै बुझ्ने कोशिस गरिँदैन । अझ भन्नुपर्दा आत्महत्या गर्ने व्यक्तिलाई हामीले समस्याको रुपमा भन्दा पनि कमजोर भएर केही गर्न नसकेर आत्महत्या गरेको भन्ने गरिन्छ । विशेष गरि आत्महत्या गर्नुसँग दुईवटा कारण हुन्छन् । ति मध्ये एउटा मानसिक र भावनात्मक कारण हो भने अर्को परिस्थितिजन्य कारण हो । यी दुईवटा कारणसग फरक फरक व्यक्तिका फरक फरक समस्या र अवस्था जोडिएका हुन्छन् ।

मानसिक र भावनात्मक कारण अन्तर्गत जीवनदेखि निरास हुनु, आफ्नो जीवन मूल्यहीन ठान्नु, बाँचेर कुनै काम छैन भन्ने सोच आउनु, म भविष्यमा केही गर्न सक्दिन र मलाई कसैले पनि सहयोग गर्दैनन् भन्ने विचारहरुले बारम्बार सताउन थाल्यो भने व्यक्तिले आत्महत्या गर्नसक्छ भर्ने अर्को चाहिँ मानसिक समस्याहरु जस्तै डिप्रेशन, बायोपोलार डिसअर्डडर,सिजोफेनिया जस्ता समस्याबाट गुज्रिरहेका मानिसले आत्महत्या गर्ने सम्भावना धेरै हुन्छ भन्ने कुरा विभिन्न अध्ययनहरुले देखाएको पाईन्छ ।

परिस्थितिजन्य कारण अन्तर्गत कुनैपनि परिस्थियतिजन्य अवस्थाले सृजना गरेका कारणहरुको कारण पनि आत्महत्या गर्न सक्दछ । जस्तै हिंसा,दुव्र्यवहार, विभेद, पारिवारीक समस्या, द्वन्द्व,आपतकालिक अवस्था, माया प्रेम,अन्तरजातीय विवाह, आर्थिक कारण सँगै आवेगमा आएर आत्महत्या गर्न गरेको पाइन्छ भने अर्को साँच्चिकै मरिन्छ कि मरिंदैन भन्ने जिज्ञासाले पनि व्यक्तिले आफूलाई समाप्त गरेका धेरै घटनाहरु हाम्रो समाजमा पाईन्छ । वास्तममा भन्ने हो भने आत्महत्या गर्ने व्यक्तिहरुको कुनै वर्ग शिक्षा, पेशा, जात, लिङ्ग,उमेर कुनैपनि वर्ग छुट्टाएको हुँदैन । किनकी कुनैपनि व्यक्तिले आत्महत्या गर्न सक्ने सम्भावना हुनसक्दछ । ।आफूलाई आत्महत्या गर्नबाट बचाउन र रोक्नको लािग पनि व्यक्तिले आफूले नै धेरै हदसम्म सक्ने सम्भाना पनि धेरै हुन्छ । अहिलेको अवस्थामा सूचना तथा जानकारीहरु थुप्रै पाउन सकिन्छ र आत्महत्या रोकथामको लागि पनि थुप्रै कार्यक्रम, कामहरु भईरहेको पाईन्छ त्यस्तो स्रोतहरुको खोजी गरेर सहयोग लिन सक्छौं ।

मर्ने कारण एउटा होला तर बाँच्ने कारण हजार हुन्छन् । संसारमा कुनै पनि त्यस्तो समस्या हुँदैन जसको कुनै समाधान नहुने । हरेक समस्याको समाधानको उपाय हुन्छ । त्यो समस्यासंग जुध्ने र सामना गर्ने क्षमतापनि प्रत्येक व्यक्तिसँग हुन्छ । समस्या नहुने र पीडा नहुने कुनैपनि मान्छे नै हुँदैन । हाम्रो जन्म एकदम अर्थपूर्ण र महत्वपूर्ण छ । प्रकृतिलाई सजाउनको लागि हामि प्रकृतिमा आएका हौँ । यो जीवनलाई चाहे जसरी जीउन सक्ने र चाहे जस्तो बनाउने जिम्मा र अधिकार पनि पूर्णरुपमा तपाईँ हामी सँगै छ ।

तत्कालको लागि परिस्थिति जटिल भएपनि विस्तारै सामान्य बन्दै जान्छ भन्ने कुरा बुझौं । सधैं एउटै अवस्थामा केही कुरामा रहँदैन । सेकेण्डको फरकले पनि धेरै कुरा परिवर्तन भईरहेको हुन्छ । तपाईँ एउटा व्यक्तिसँग अमूल्य कुरा अमूल्य सम्बन्धहरु जोडिएका हुन्छन् । कुनै पनि समस्याको समाधान आत्महत्या होइन बरु सके जति आत्मरक्षा गरौं । तपाईँसंग जोडएका व्यक्तिहरुको खुसी तपाईँको आयुसँग जोडिएको हुन्छ । यदि तपाईँ यो संसारमा हुनु भएन भने तपाईँसँग जोडिएको सम्बन्ध र व्यक्तिहरु कहिले खुसी हुन मौका पाउने छैनन् । तपाईँले रोजेको आत्महत्याको बाटो जस्तै तपाइँसंँग जोडिनेहरुले रोज्नु नपरोस् । डिप्रेशन र मानसिक समस्याहरु भएको खण्डमा पनि आत्तिनु पर्दैन । मानसिक रोगको उपचार सम्भव छ । समयमा तपाईँले उपचार र सहयोग लिनुहोस् । हाम्रो परिवार ,समुदाय, क्षेत्रमा मानसिक विरामी भएको खण्डमा सहयोग गरौं राम्रो वातावरण दिऔं, उपचारको पहुँच तिर हातेमालो गरौँ । सकेसम्म हामी मानसिक रुपमा स्वस्थ हुनको लागि ध्यान दिऔँ । जब हामी मानसिक रुपमा स्वस्थ हुन्छौं तब सबै कुरा राम्रोसँग गर्न सक्छौं ।

शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य पनि त्यति महत्वपूर्ण छ । हाम्रो जीवनमा धेरै सम्बन्धहरु हुन्छन् । ति सम्बन्धहरु मध्ये विश्वासिलो र तपाईँको कुरा सुन्ने व्यक्तिहरुसँग खुलेर मनको कुरा गर्नुहोस् । मनको कुराहरु सकेसम्म गुम्स्याएर नराख्नुहोस् यदि तपाईँले व्यक्तिनै पाउनु भएन भनेपनि लेख्ने र आर्ट गर्ने कोशिस गर्नुहोस्,तपाईँलाई तत्काल सताईरहेको समस्या के हो त्यसको पहिचान गर्नुहोस् र त्यसको समाधान गर्नको लागि कसको सहयोग लिन सक्नुहुन्छ त्यस्को खोजी गर्नुहोस् । तपाईँलाई रमाईलो र खुशी दिन सक्ने सानो भन्दा पनि सानो खुसीलाई सम्झ्ने कोशिस गर्नुहोस् । यदि भेटाउन सक्नु भएन भनेपनि ठिकै छ ।

तपाईँ विगतका दिनहरुमा के के कुरामा खुसी हुनुभएको थियो याद गर्नुहोस्, आत्महत्याको सोच आईरहेको छ भने एक्लै नबस्नुहोस् सकेसम्म छिटो मनोविमर्शकर्ता, मनोविद र मानसिक रोग विशषज्ञहरुसंग सहयोग लिने अथवा सम्पर्क गर्ने गर्नुहोस् । मर्नु भन्दा पनि बाँच्ने कारणहरु खोज्दै जानुहोस् बाँच्ने कारण हजार भेटाउनुहुनेछ । सकारात्मक सोचको विकास गर्ने उत्प्रेरणा जगाउने खाल्को पुस्तक पढ्ने गर्नुहोस् साथै कुनै न कुनै सकारात्मक क्रियाकलापमा आफूलाई आवद्ध गराउनुहोस् । कुनै पनि मानसिक समस्या आफूमा भए जस्तो लागेमा समस्याको पहिलो चरणमा नै परिवारका सदस्यलाई जानकारी गराउनुहोस् र सम्बन्धित ठाउँमा गएर सहयोग लिनुहोस् । समस्या लुकाएर नबस्नुहोस् । मानसिक र भावनात्मक रुपमा एकअर्कालाई बुझ्ने, सहयोग गर्ने बानीको विकास गरौं । तपाईँले कसैलाई सुनेर, बुझेर कसैको जीवन समाप्त हुनबाट जोगिन्छ भने त्यो जस्तो ठूलो सहयोग केही हुँदैन । मनोविमर्श सहयोग लिनलाई अप्ठेरो नमानौं । आफू पनि बचौं अरुलाईपनि बचाऔँ ।
पुरी मनोविमर्शकर्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका