थप ४२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५, ७६० पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ५, ७६०पुगेको छ । त्यस्तै रेडजोनमा ४९८ जना छन् ।

त्यसैगरी आइतबारसम्म पीसीआर विधिबाट १ लाख ३३ हजार को परीक्षण गरिएको छ भने आरडिटी विधिबाट २ लाख १० हजार ७२१ जनको परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइनमा १ लाख ४३ हजार मानिस रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै आइसोलेसनमा ४ हजार ७ सय ६८ छन् । त्यस्तै डिस्चार्ज हुनेको संख्या ९७४ पुगेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण ७३ जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । गए राति गुल्मीका ३६ वर्षीय पुरुषको मृत्यु भएको हो । यो संगै कोरोना भाइरसको संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवकता डा. जागेश्वर गोतमले जानकारी दिए ।
गुल्मीका पुरुषमा यही १२ जेष्ठमा रुपन्देहीमा कोरोना पुष्टि भएको र उनी गुल्मी आइसोलेसनमा रहेको अवस्थामा ३१ गते राति आइसोलेसनमा नै मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

उनी क्यान्सर रोगबाट समेत पीडित भएको प्रवक्ता गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ