खुकुलो लकडाउन र कोरोना संक्रमणबाट बच्ने उपाय



 डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
..

आजदेखि लकडाउन खुकुलो भएको छ | कोरोना संक्रमण अनिश्चित कालसम्म रहनसक्ने तथा हाम्रा आधारभूत आवश्यकता आजको आजै अनिबार्य भएकोले लकडाउन खुकुलो गर्नुको बिकल्प छैन |
.
हामीले के बिर्सिनु हुँदैन भने संक्रमित व्यक्तिको संख्या थोरै हुँदा हामीले लकडाउन गर्यौ | संक्रमितको संख्या बढिरहेको स्थितिमा लकडाउन खुकुलो गर्दैछौं | लकडाउन खुकुलो भएसंगै हामीले कोरोना संक्रमण रोकथामको लागि थप सतर्क र सजग हुनु जरुरी छ | यहांहरुले निम्न लिखित अभ्यासलाई आफ्नो जीवनशैली बनाउनु भयो भने कोरोना संक्रमणसंग बच्न सकिन्छ |
.
१. लकडाउन खुकुलो भएपनि अत्यावश्यक कामबाहेक घरमै बस्नुहोला |

२. घरबाहिर निस्कँदा सर्जिकल मास्क वा कटनको २ पत्रे मास्क सहि तरिकाले लगाउनुहोला | घरमा आएपछि त्यो मास्कलाई धोएर सुकाउने वा घाम र हावा खेल्ने ठाउँमा राख्नुहोला | मास्कले नाक र मुखमा एयर टाइट हुने गरि छोप्नुहोला | प्रयोग गरेको मास्क बाटोमा नफाल्नुहोला | सकभर चस्मा र पंजाको पनि प्रयोग गर्नुहोला |

३. कोरोना संक्रमणको प्रमुख रोकथाम व्यक्तिगत दुरी हो | घर बाहिर निस्किएपछि बाटोमा, पसलमा, बसमा, काम गर्ने ठाउँमा, खाजा खाने ठाउँमा, सामान किन्ने ठाउँमा अर्थात हरेक ठाउँमा ६ फिटको दुरी कायम गर्नुहोला |

४. सकभर नाक, मुख, आँखामा हात लैजाने बानी छोड्नुहोला | हरेक बस्तु छोएपछि, बाहिरबाट आएपछि, खाना खानुअघिं तथा अन्य समयमा पनि साबुनपानीले मिचिमिची हात धुनुहोला | साबुनपानी नभएको ठाउँमा ह्याण्ड स्यानिटाइजरले हात सफा गर्नुहोला |

५. सार्वजिक यातायातमा संक्रमण सर्ने जोखिम हुने भएकोले छोंटो दुरीमा पैदल हिंड्ने बानी गर्नुहोला | भौतिक दुरी कायम हुनेगरि सवारी साधन चढ्दा मास्क, चस्मा, पंजा तथा स्यानिटाइजर अनिबार्य रुपमा प्रयोग गर्नुहोला |

६. कोरोना संक्रमण सर्ने सबैभन्दा खतरनाक ठाउँ भीडभाड हो | भीडमा झुक्किएर पनि नजानुहोला | भौतिक दुरीको मुलमन्त्र नबिर्सनुहोला |

७. खोकी लागेमा, हान्च्छ्युं आएमा, रुघा लागेमा तथा ज्वरो आएमा निको नहुने बेलासम्म घरबाहिर नजानुहोला | यस्तो बेला कुहिनातिर फर्केर खोक्ने, हाच्छ्युं गर्ने, टिस्यु पेपर वा सफा रुमाल प्रयोग गर्ने, अनि हात सफा गर्ने गर्नुहोला | अरु मान्छेतिर फर्केर कहिल्यै पनि नखोक्नुहोला, हाच्छ्युं नगर्नुहोला | यो बानी हामीले सुधार्नु जरुरी छ |

८. आफुले काम गर्ने / गराउने ठाउँमा भौतिक दुरी, सरसफाई तथा भेन्टिलेसनको ब्यबस्था मिलाउनुहोला | बन्द कोठामा भाइरस लामो समयसम्म रहन्छ |

९. सकभर खाजा घरबाटै लिएर जानुहोला | क्यान्टिन वा चियापसलको भीडबाट बच्नुहोला |

१०. आफ्नो काम सकिएपछि सिधै घरमा फर्किने बानी गर्नुहोला |

११. घरमा फर्केपछि मास्क, रुमाल, पंजा, चस्मा, झोला, बाहिरी कपडालाई घरबाहिर वा घरको हावा लाग्ने गल्ली, कौसीमा राख्नुहोला |

१२. सानोतिनो समस्या भएमा अस्पताल नजानुहोला | घरेलु उपचार तथा प्राथमिक उपचारले निको नभएमा भीडभाड नहुने स्वास्थ्य संस्थामा जानुहोला | त्यहाँ ६ फिटको दुरी कायम गर्ने, मास्क लगाउने गर्नुहोला |

१३. तरकारी,फलफूल तथा अन्य सामान किन्नको लागि सपिंग मल, डिपार्टमेन्टल स्टोरजस्ता भीडभाड हुने ठाउँभन्दा नजिकको किराना पसल रोज्नुहोला |

१४. मानसिक तनाब न्यूनीकरण गर्ने योजना बनाउनुहोला | केहि समय हाम्रा ब्यबसाय चल्ने छैनन् वा कम चल्नेछन् | खाध्य, औषधि, स्टेसनरी, कृषि लगायतका ब्यबसाय चल्नेछन् | अन्य ब्यबसायमा महँगो भाडा, धेरै लगानी तथा धेरै खर्च भएमा त्यसलाई ब्यबस्थापन गर्नुहोला | आवश्यक परे पेशा परिवर्तन गर्ने यो उपयुक्त समय हो | कृषि, पशुपंक्षी पालन तथा बिबिध अर्गानिक खेती, होम डेलिभरी एबम अनलाइन बिजनेस अबका उत्कृष्ट पेशा हुनेछन् |

१५. चुनौतीलाई स्वीकार्ने, चुनौतीलाई ब्यबस्थापन गर्ने तथा सानो उपलब्धिमा पनि सन्तोष मान्ने बानीको बिकास गर्नुको बिकल्प छैन | कोभिड पूर्वको अवस्थासंग तुलना गर्यो भने तनाब थप्ने काम हुन्छ | यो नयाँ युगलाई शुन्य मानेर काम गर्यौं भने तनाब हुनेछैन |

१६. रोगसँग लड्ने क्षमता बढाउने उपाय गर्नुहोला | ताजा र पोषिलो खाना, खानामा मरमसला र जडिबुटीको प्रयोग, गुर्जो + तुलसी + बेसार + अश्वगन्धा मिश्रित चिया, प्रशस्त पानी, ब्यायाम, योग, ध्यान, संगीत, लेखन, पठन, प्रबचन श्रवण, तनाब न्यूनीकरण आदिबाट आफ्नो इम्युनिटी पावर बढाउन सकिन्छ | इम्युनिटी पावर बढेमा कोरोनामात्र हैन अन्य धेरै रोगबाट पनि बच्न सकिन्छ | सकारात्मक सोंच र आशाबादी गुण सुखी जीवनका अचुक औषधि हुन् |

१७. कुनै व्यक्तिसंग प्रतिष्पर्धा, रीस, इर्श्या, मनमुटाव, नकारात्मक धारणा तथा बेइमानी कहिल्यै नगर्नुहोला | प्रत्येक व्यक्ति फरक क्षमताको हुन्छ | विनयशील, सहनशील, क्षमाशील तथा सत्यको बाटोमा हिंड्ने व्यक्ति निरोगी र दिर्घायु हुन्छ |

१८. संक्रमित तथा मृतकको संख्या, उमेर, स्थान हेरेर चिन्तित हुने नगर्नुहोला | कोरोना आउनु पहिले सबै अस्पताल प्याक थिए, आइसीयु प्याक थिए, घाटहरु ब्यस्त थिए | जन्म, वृद्धि, क्षय ( रोग, बुढोपन ) र मृत्यु हामी सबैको जीवनमा थियो, छ र हुनेछ |

१९. कोरोनाको कारण मात्र मृत्यु हुनेको संख्या अत्यन्तै कम छ | तसर्थ हामीले हाम्रा रोगहरु पत्ता लगाएर चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ | आफै जान्ने भएर, बानी पर्छ भनेर वा आफैले कन्ट्रोल गर्छु भनेर जोखिमको धारमा बस्नुहुँदैन | औषधि सेवनले हाम्रा रिपोर्ट नर्मल राख्न सक्यौं भने कोरोना संक्रमणसंग डराउनु पर्दैन |

२०. कोरोना संक्रमण भएमा मरिन्छ भन्ने जुन धारणा छ, त्यो गलत हो | ९० % कोरोना संक्रमितलाई आफै वा सामान्य उपचारले निको हुन्छ | १० % लाई अस्पताल बस्नुपर्ने हुनसक्छ | ती मध्ये ५ % लाई आइसीयु / भेन्टिलेटर चाहिन्छ | त्यसको आधा अर्थात २-३ % को मात्र निधन हुन्छ | हाम्रो देशको मृत्युदर अहिलेसम्म ०.५ % पनि छैन | यो तथ्य हामीले बिर्सिनु हुँदैन |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ