सङ्कल्प स्वतन्त्रतामा कोभिड-१९ को प्रभाव



डा. गोविन्दशरण उपाध्याय ।

मान्छेको विशेषता भनेकै उसको स्वतन्त्रता हो जुन मान्छेको सङ्कल्पमा निर्भर रहेको हुन्छ | मान्छेको बुद्धि स्वतन्त्र छ तर शरीरको स्वतन्त्रता प्रकृतिसंग गांसिएको छ | बौद्धिकता (Rationality) मान्छेको आफ्नो मौलिक विशेषता हो जुन् मान्छे हुर्कदै जाँदा अझैं घनिभूत हुन्छ | बौद्धिक-विशेषताकै बलमा मान्छेले प्रकृतिसंग पौठेजोरी खेल्दै आएको छ र भविष्यमा खेल्ने छ | तर्क र बौद्धिकता (logic and rationality) भएको नै मान्छेभित्र प्रकृति विरुद्ध अहङ्कार बढेको हो भन्नुपर्छ |

कोभिड-१९ को आगमनले मान्छेको सङ्कल्प-स्वतन्त्रता आहत भएको छ | नेपालमा आज लकडाउनका ६६ औं दिन पुग्दैगर्दा एकान्तवासले आहरण गरेको शारीरिक स्वतन्त्रता क्रमशः मानसिक तथा बौद्धिकतहसम्म पुगेको छ | शरीरको स्वतन्त्रता खोसिएकोले मानसिकरूपमा त्रसित छ भने एकान्तमा वसेर बौद्धिकरूपमा आफ्नो अस्तित्व र प्रकृतिसंगको सम्वन्धका विषयमा मनन गर्दै छ |
शारीरिक स्वतन्त्रता गुमाउँदा कुनै मान्छे पनि मानसिक रूपमा सुखी वा खुसी हुनैसक्दैन र खुसी पनि स्थायी हुँदैन | मैले जोड़ दिएर भन्नुपर्छ आज हरेक मान्छे आफ्नो स्वतन्त्रता अपहरण हुँदा बौद्धिकरूपमा प्रसन्न छैन | हुन त वैदिक साहित्यले सुख र दुखलाई मानसिक मानेको छ तर मानसिक अवस्थाको प्रभावबाट बौद्धिकता मुक्त रहन सक्दैन | कोभिड-१९ ले एकजना दुईजना मान्छेको होइन विश्वका मान्छेहरूको स्वतन्त्रतालाई चुनौती दिएको छ | यो मानव-अवस्था मान्छेको इच्छाले स्वीकार गरेको होइन |

मान्छेले जरा, व्याधि र मृत्यु चाहन्नन् | हरेक मान्छेले यी तीनबटा जीवनका अनिवार्य घटनाहरूसंग अत्याधिक घृणा गर्छ | तर पनि रोग, वृद्धावस्था र मृत्यु जीवनका अनिवार्य अंग हुन् | यी मध्ये घृणा गरे पनि मृत्यु अलि सहज छ किनभने मृत्युले सम्पूर्ण अनुभूतिहरूलाई विराम दिन्छ | मान्छेले जतिधेरै घृणा गरे पनि मृत्युपछि कसैले कुनै प्रकारको सिकायत गर्न सक्दैन | व्याधि अर्थात् रोगसंग मान्छे सबैभन्दा बढी आत्तिन्छ, डराउँछ |

करोनाले सङ्कल्प स्वतन्त्रता (Free will) उपर गहिरो प्रहार गरेको छ | भविष्यको असुरक्षा, अस्तित्वको चिन्ता तथा व्यक्ति र समाजमा निम्तिन सक्ने अझैं कठोर प्राकृतिक विपदको शंकाले मान्छे त्रसित भएको छ | विश्वका सरकारहरूले जसरी कोरोनालाई महामारी भनेर स्वामित्व ग्रहण गर र तेसको रोकथामको लागि भन्दै मान्छेको प्राकृतिक स्वतन्त्रतामा प्रहार गरे, एसको असर सम्भवत: सबैभन्दा बढी रहने छ |
यहाँ एउटा दार्शनिक विमर्श कि मान्छे मान्छेको कर्म र सङ्कल्प पूर्वनियन्त्रित छ कि स्वतन्त्र भन्ने पुन: सतहमा आएको छ | तर्क दिनेले भन्लान् “लकडाउनमा वस्ने निर्णय पनि मान्छेले स्वेच्छाले लिएको हो” तर विश्वका ९०% भन्दा बढी मान्छेहरू सरकारी निर्णयलाई स्वीकार गरेर लकडाउनमा गएका हुन् | सरकारको प्रत्यक्ष उपस्थिति नभएका दूरदराज गाउँका धेरै मान्छेले “लकडाउन”का विषयमा नसुनेका हुनसक्छन् तर ती अज्ञानी होइनन् | तेहा उनका कुनै पनि दैनिकीमा कुनै प्रकारको अवरोध नहुन सक्छ | असलमा, कोभिड-१९ ले सामूहिकरूपमा मानसिक त्रास, डर तथा अस्तित्वप्रतिको खतरालाई सामान्यीकरण गरेको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् नेपाल र कतारबीच यसअघि भएका महत्वपूर्ण द्विपक्षीय सम्झौता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरको उडान सम्झौताका लागि पहल गर्न व्यवसायीको आग्रह

  भैरहवा  । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)

रुसी चेम्बर्सलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

  काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले