२७८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २,९१२ पुग्यो



काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार विराटनगरमा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा सुनसरीका ८, झापा १, मोरङका ६, रुपन्देहीमा गरिएको परीक्षणमा २२मा पुष्टि भएको जसमा अर्घाखाचीमा १, नवलपरासी २, पाल्पा १, रुपन्देहीका १८ जना, हेटौंडामा गरिएको परीक्षणमा सिन्धुलीका २, बाराका २, गण्डकीमा गरिएको परीक्षणमा तनहुँका २, बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा भोजपुरका ५, झापाका १, सुनसरीका १३, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ४, अछामका १ जना, बझाङका १, डडेल्धुराका ५,  धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रामेछापका १७ जना, काभ्रेका ५, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका १०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका ९० जना, जुम्लाका ३ जना, हुम्लाका १, दोलखाका १, रामेछाप १, गोरखाका १ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुर्खेतका एक जना, दाङका एक जना, काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका १, धनुषाका ४, गुल्मीका १, कपिलवस्तुका ४४ जना, कास्कीका १, महोत्तरीका १७ जना, रौतहटका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २,९१२ पुगेको छ । त्यस्तै डिस्चार्ज हुनेको संख्या ३३३ पुगेको छ । मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सुखानी हत्याकाण्ड पञ्चायती जल्लादहरुले गरेको अत्यन्त पाशविक हत्या थियो’

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सुखानी हत्याकाण्ड अत्यन्त पाशविक र दर्दनाक भएको बताएका

वन्यजन्तु-मानव द्वन्द्वः चितवनमा ६ महिनामा दश जनाको मृत्यु

चितवन । वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ

यसरी मानसिक तनावलाई नियमन गरौँ

-डा. गोविन्दशरण उपाध्याय । मानसिक तनाव (Mental Stress) भनेको मानसिक र शारीरिक अवस्था

संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७७ सालमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको