कोरोना संक्रमणबाट पाल्पाका ४५ वर्षीय पुरुषको मृत्यु



काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पाल्पाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

भारतबाट पाँच दिन अघि आएका उनी क्वारेन्टाइनमा रहेकामा स्वास्थ्यमा समस्या आएपछि मिसन अस्पताल भर्ना गरिएको थियो । उनको जेठ २० गते निधन भएको र स्वाव परीक्षणमा कोरोना पोजेटिभ देखिएको देवकोटाले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दश पुगेको छ ।

त्यसैगरी स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विराटनगरमा गरिएको परीक्षणमा मोरङका एक जनामा, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्साका एक जनामा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका ३, ताप्लेजुङका १, मोरङका १, सप्तरीका १३ जनामा, हेटौंडामा गरिएको परीक्षणमा बाराका ७, सिन्धुलीका एक, रौतहटका १ जनामा, पोखरामा गरिएको परीक्षणमा म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४, स्याड्जाका एक जनामा, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा डोटीका ३ जनामा, भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ४२ जनामा, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका १७ जनामा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका १५ जनामा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका १०५ जनामा, मुगका एक जनामा, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका २, खोटाङका ३ जनामा, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ८ जनामा, काठमाडौंमा गरिएको परीक्षणमा बाराका ५, धनुषाका ६, कपिलवस्तुका १२ जना, महोत्तरीका ३, रौतहटका ६४ जना र सर्लाहीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै पछिल्लो २४ घण्टामा ३३४ कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी

महानगरको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि, ७ महिनामा लिए ९३ हजारले सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या

कुमारी सहकारी हिनामिना प्रकरणमा जिसस म्याग्दीका प्रमुखसहित पाँच जना जेल चलान

म्याग्दी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रू एक अर्बभन्दा बढी हिनामिना र

अमेरिकाबाट फर्काइएकालाई आवश्यक सोधपुछपछि लगाइयो परिवारको जिम्मा

काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अमेरिकामा कागजातविहीन भएपछि फर्काइएका (डिपोर्ट